हुने भयो ‘मिस एन्ड मिसेस नेपाल वल्र्ड’



व्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

पछिल्लो समय बिदेशमा रहेका नेपाली युवायुवती तथा बालबालिकाबीच पनि विभिन्न शिर्षकमा सौन्दर्य प्रतियोगिता हुने गरेको छ । अब धेरै भन्दा धेरै देशमा रहेका नेपाली युवती तथा महिलहरुलाई एकै थलोमा ल्याउन ‘मिस एन्ड मिसेस नेपाल वल्र्ड’ हुने भएको छ ।

यो प्रतियोगितामा नेपाल बाहिरका विभिन्न देशमा रहेका नेपाली र नेपाल भित्रै रहेका नेपाली महिला एवम् युवतीहरु सहभागी हुनेछन् । यो प्रतियोगिताकोलागि फरक फरक देशमा चयन भएका मिस एन्ड मिसेजहरु आगामी २०१९ अक्टोबरमा अन्तिम प्रतिस्पर्धामा उत्रँदै मिस एन्ड मिसेस नेपाल वल्र्ड–२०१९ को बिजेता बन्ने छन् । हाल लण्डनमा रहँदै आएकी लण्डन फेशन हाउसकी अध्यक्ष एवम् चर्चित फेशन डिजाईनर मनिषा डंगोल श्रेष्ठको संयोजकत्वमा यो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे मनिषाले भनिन्,‘विभिन्न देशमा छरिएर रहेका नेपाली युवती तथा महिलाहरुबीच त्यहाँ हुने मिस एन्ड मिसेस नेपाल वल्र्ड प्रतियोगितामा बिजेता बनेर मिस एन्ड मिसेस नेपाल वल्र्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । अन्तिम प्रतियोगिता नेपालमै हुनेछ ।’ अन्तिम प्रतिस्पर्धामा सहभागी हुन बिदेशमा जस्तै नेपालमा पनि मिस र मिसेसबीच प्रतिस्पर्धा आगामी २ जुनमा काठमाडौंमा हुने पनि मनिषाले जानकारी गराईन् ।

कार्यक्रम गर्नुको उदेश्य बारे उनले भनिन्,‘महिला सशक्तिकरणका साथै नेपालको पर्यटन तथा नेपाली सीप र उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्यका साथ यो प्रतियोगिता गर्न लागिएको हो । यसको लागि विभिन्न देशमा प्रतियोगिताहरु आयोजना गरिनेछ ।’ अध्ययन र कामको सिलसिलामा विभिन्न मुलुकमा पुगे पनि नेपालीहरुको मायाँ मातृभूमि प्रति रहने भएकाले सबैलाई जोड्न यो प्रतियोगिता एउटा उपयुक्त प्लेटफर्म सावित हुनेछ । देश बिदेशमा रहेका यस्ता युवती महिलाको सम्मान र मातृभूमिप्रति केही राम्रोे योगदान गर्ने उद्देश्यका लागि यो एउटा सामुहिक अभियान हो ।

नेपालभित्र र बाहिर रहेका सबै युवती रमहिलाहरुको हक अधिकार स्थापित गर्न पनि यो प्रतियोगिता गर्न लागिएको मनिषाको कथन छ । आफ्नो मातृभूमि प्रतिको माया, भाषा र संस्कृतिलाई मुलुकबाहिर पनि जोगाई राख्न यो प्रतियोगिता एउटा ससक्त माध्यम बन्ने विश्वास उनले लिएकी छिन् ।

त्यसो त मनिषाले मिस लिटल नेपाल यूके र मिस्टर लिटल नेपाल युके, मिस टिन नेपाल युके, मिसेस नेपाल युकेजस्ता प्रतियोगिता पनि गर्दै आएकी छिन् । उनले बेलायतमा विभिन्न फेसन सो, डिजाइन र कन्टेस्टहरु पनि गर्दै आएकी छन् । त्यहाँ नेपाली नृत्य कक्षाहरु सिकाउनको लागि पाठशाला समेत सञ्चालन गर्दै आएकी मनिषाले विश्वमा रहेका नेपाली युवती र महिलालाई जोड्न आफुले ‘मिस एन्ड मिसेस नेपाल वल्र्ड’ गर्न लागेको बताईन् ।

अब हुन लागेको मिस एन्ड मिसेस नेपाल वल्र्डले एनआरएनए महिला फोरमको हरेक कार्यक्रमलाई सहयोग गर्ने मनिषाले बताईन् । त्यस्तै स्पेनका कोशिसराज महर्जनको साथ र सहयोग पनि उनको लागि उत्तिकै मार्गदर्शक बनेको छ ।

मनिषा आफ्नो हरेक क्षेत्रको सफलताको लागि प्रेरणा—स्रोतका रुपमा बेल्जियमका रवीन्द्रमान श्रेष्ठ र रजनी प्रधानलाई लिन्छिन् । बेल्जियममा सबैका अविभावकका रुपमा चिनिएका एनआरएन अभियन्ता श्रेष्ठ र प्रधान दुवै समाजसेवीका रुपमा स्थापित छन् । श्रेष्ठ एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष हुन् भने प्रधान एनआरएनएको महिला च्याप्टर प्रमुख हुन् । आफुलाई यो कार्यक्रममा श्रेष्ठ र प्रधान दुबैको मार्गदर्शन हुने मनिषाको विश्वस छ ।

मिस एन्ड मिसेस वल्र्डको लागि विभिन्न देशमा हुने प्रतियोगिता यस्तो छ –
१. मिस एन्ड मिसेस नेपाल (काठमाडौंमा) – जुन
२. २०१८ २. मिस एन्ड मिसेस नेपाल बेल्जियम – जुलाई, २०१८
३. मिस एन्ड मिसेस नेपाल युके – अक्टोबर, २०१८
४. मिस एन्ड मिसेस नेपाल जर्मनी – जनवरी, २०१९
५. मिस एन्ड मिसेस नेपाल स्पेन – अप्रिल, २०१९

मनिषाका अनुसार यीबाहेक अन्य देशहरुमा पनि प्रतियोगिताहरु हुनेछन् । यसको लागि आफू बसोवास गरिरहेको मुलुकमा यो प्रतियोगिता गर्न इच्छुक व्यक्ति वा संस्थाले आफुलाई सम्पर्क गर्न पनि मनिषाले अनुरोध गरेकी छिन् ।
टेलिफोन– ००४४७५८४०४०१६६

इमेल – manishadan@hotmail.com