निम्न बर्गीय महिलालाई फेमिना पार्लरमा निःशुल्क प्रशिक्षण


व्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

चर्चित सौन्दर्यकर्मी इन्दु आचार्यले ललितपुरको लगनखेलमा ‘फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सञ्चालन गर्दै आएकी छिन् । उनी सान्दर्यकलाको सफल प्रशिक्षक पनि हुन् । ‘फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ आफुले सिटिईभिटीबाट स्विकृति लिएर यो पार्लर सञ्चालन गर्दै आएको इन्दुले जानकारी गराईन् ।

इन्दु व्युटिसियनसँगै व्यावसायिक तथा सिप विकाश तालिम केन्द्र ललितपुरकी व्युटिसियन प्रशिक्षक हुन् । उनी बिगत १४ वर्षदेखि सौन्दर्यकला क्षेत्रमा सक्रिए छिन् । ललितपुर र आसपासका क्षेत्रका व्युटिसयन बन्न चाहने महिलाहरुलाई आफ्नो पार्लरमा प्रशिक्षण दिँदै आएको पनि इन्दुले जानकारी गराईन् ।
‘हाम्रो पार्लरको विशेषता भनेको हामीले निम्न आय भएका महिलाहरुलाई निःशुल्क व्युटिसियन तालिमसँगै व्युटी पार्लर खोल्नको आबस्य सामग्री पनि उपलब्ध गराउँदै आएका छौं । बिगत २०६७ सालबाट फेमिना व्युटी पार्लर मार्फत निम्न आय भएका हजार भन्दा बढीलाई निःशुल्क प्रशिक्षण दिनुका साथै केहीलाई पार्लर खोल्न आबस्य सामग्री समेत उपलब्ध गराउँदै आएका छौं ।’

यस्तै आफ्नो पार्लरले प्रशिक्षण दिएपछि प्रशिक्षार्थीहरुलाई सिटिईभिटीबाट स्किल टेस्ट समेतको व्यबस्था गर्दै आएको पनि इन्दुले जानकारी गराईन् ।
निःशुल्क प्रशिक्षण लिन चाहने कम आयआर्जन भएका गरिब महिलाहरुलाई अन्तरवार्ता र आबस्यक कागजात हेरेर आफुहरुले चयन गर्दै आएको पनि उनले जानकारी गराईन् । निःशुल्क प्रशिक्षण तीन÷तीन महिनामा र शसुल्क प्रशिक्षणका लागि सँधै फारम फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा उपलब्ध हुने पनि उनले बताईन् । आफ्नो पार्लरमा सिटिईभिटीबाट लेवल टु पास गरेका दक्ष व्युटिसियनबाट प्रशिक्षण दिने गरेको पनि उनले जानकारी गराईन् ।
इन्दुका अनुसार फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले व्युटिसियन तालिमसँगै, उद्यमशिलता, उद्घोषण, व्यक्तित्व विकाश जस्ता थुप्रै तालिम पनि दिने गरेको इन्दुले जानकारी गराईन् ।

थोरै लगानीबाट पनि मनग्गे आय आर्जन गर्न सकिने र आफ्नो कमाईले सहजैसँग परिवार चलाउन सक्ने भएकाले बेरोजगार महिला तथा युवतीहरुलाई उनले यो पेशामा आउन आग्रह गरेकी छिन् । यदि आर्थिक अबस्था कमजोर छ भने त्यस्ता महिलालाई आफुहरुले फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट निःशुल्क व्युटिसियन सम्बन्धि तालिम दिने व्यवस्था मिलाउने पनि उनले बताईन् ।

लगनखेलको चारदोबाटोमा रहेको फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले बेसिक, एड्भान्स, डिप्लोमा सहितको प्रशिक्षण दिन्छ । बैदेशिक रोजगारमा जानेहरुका लागि स्पेशल कोर्षको पनि व्यबस्था गर्दै आएको पनि इन्दुले जानकारी गराईन् ।

त्यहाँबाट प्रशिक्षण लिएकाहरुलाई पार्लर खोल्न नसक्दासम्मको अबस्थामा अरु कसैको पार्लरमा रोजगारीको व्यबस्था गर्ने तथा पार्लर खोलेपछि केही समय सल्लाह सुझाब दिँदै पार्लर चलाउन सघाउन र नयाँ पार्लरका लागि आबस्यक दक्ष व्युटिसियनको सेवा पनि दिने गरेको इन्दुको भनाई छ । आफुले यसलाई पेशासँगै सामाजिक कार्यको रुपमा पनि परिचालन गर्दैै आएको उनले जानकारी गराईन् । त्यसैले व्युटिसियन बन्न चाहनेहरुका लागि फेमिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले पूर्ण रुपमा सघाउने प्रतिबद्धता पनि इन्दुले जनाएकी छिन् ।