गीत गाउँदै कमला श्रेष्ठप्रति कलाकारको श्रद्धाञ्जली


व्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

घरबेटी आमा आँगनीमा देउन मलाई बास…सहित सैयौं लोकप्रिय गीतकी अग्रज गायिका कमला श्रेष्ठई हामीले गत महिना गुमायौं । यिनै दिवँगत अग्रज गायिका कमला श्रेष्ठलाई उनकै गीतसँगीत मार्फत कलाकारहरुले ४५ औं दिनको तिथिमा आईतबार सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सम्झिएका छन् । पाँच दशक भन्दा लामो समय नेपाली संगीत क्षेत्रमा उनले योगदान पुर्याएकी थिईन् ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले उनले श्रद्धाञ्जलीका लागि आयोजना गरेको कार्यक्रममा गायक गायिकाहरुले कमलाकै गीत संगीत प्रस्तुत गरेर उनी प्रति श्रद्धासुमन अर्पर्ण गरे । साँगीतिक कार्यक्रम अघि उनको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिईएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिब गणेश रसिकले यी गायिकाको तस्बिरमा माल्यार्पण गर्दै नेपाली गीतसंगीत क्षेत्रमा गायिका श्रेष्ठको योगदानको बारेमा प्रकाश पारे । आफु सांस्कृतिक संस्थानमा महाप्रबन्धक रहँदा गायिका श्रेष्ठ पनि संस्थानमै गायिकाको रुपमा कार्यरत रहेको र त्यसबेला श्रेष्ठले विभिन्न कार्यक्रममा गीतसंगीत प्रस्तुत गरेको स्मरण रसिकले सुनाए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गायिका कमला श्रेष्ठले कालजायी गीतहरु नेपाली संगीतका स्रोतालाई छाडेको बताए । सांस्कृतिक संस्थानमा रहेर ४२ वर्षसम्म गीतसंगीतमा सेवा पुर्याएकी कमलाले २०२० सालदेखि २०६२ सालसम्म सांस्कृतिक संस्थानमा कलाकारको रुपमा काम गरेको जानकारी गराए ।

यसपछि कार्यक्रममा गायिका श्रेष्ठको गीतहरु नाचघरका कलाकारले प्रस्तुत गरे । उनको चर्चित गीत घरबेटी आमा आँगनीमा देउन मलाई बास…लाई दिपेन्द्र बज्राचार्य र शिला बिष्टले प्रस्तुत गरेका थिए । उनको ससर मलेवा…गीतलाई टिका गुरुङले, तारे भिरमा…गीतलाई भिमकला गुरुङले र सहिदिन्छु कुट बरु गीतलाई शिला बिष्टले ससक्त रुपमा प्रस्तुत गरे । यस्तै उनको गीत इश्वर तैंले रचेर फेरी…लाई शिलासँगै आकाश थापाले कालजायी भावमै प्रस्तुत गरे ।

कमलाप्रति श्रद्धासमुन अर्पण गर्दै कलाकारहरु तिर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, विपिन घिमिरे, शिला, टिका, भिमकला सहितले कमला तिमीलाई श्रद्धाञ्जली…गीत प्रस्तुत गरे ।

श्रद्धाञ्जली कार्यक्रमपछि संस्थानका तर्फबाट दोस्रो चरणको साँगीतिक कार्यक्रम पनि प्रस्तुत गरियो । सो साँस्कृतिक एवम् साँगीतिक कार्यक्रममा शिरको टोपी शिरैमा… र गन्धर्व गीत सुनाइयो ।

संस्थानकै कलाकारहरुले चुट्का कौरा नृत्य, हुड्केली नृत्य, साकेला नृत्य, चलचित्र नृत्य, सामा चखेवा नृत्य, धिमे नृत्य पनि प्रस्तुत गरे । मादल बादन प्रस्तुत र क्लासिक फ्युजन धुन प्रस्तुतिले पनि कार्यक्रममा साँगीतिक धुनमय तुल्यायो । कार्यक्रममा संस्थानको बाद्यबादकहरुले प्रत्यक्ष संगीत प्रस्तुत गरेका थिए । यस्तै संस्थानका विभिन्न कलाकारले पस्किएको लोकधुन पनि कार्यक्रमको आकर्षक बनेको थियो ।

सांस्कृतिक संस्थानका अध्यक्ष उधोग राईले दिवँगत गायिका श्रेष्ठको साँगीतिक योगदानको चर्चा गरे । कार्यक्रममा सांस्कृतिक संस्थानका बरिष्ट नाट्य प्रबन्धक प्रभाकरदेव शर्माले कमला श्रेष्ठको नेपाली गायन क्षेत्रमा योगदान बारे थप प्रकाश पारेका थिए ।

विलक्षण क्रिएसन प्रा.लि.द्धारा सञ्चालित

व्युटी न्युज नेपाल डट कम

सूचना तथा प्रसारण विभाग
अनलाईन सञ्चारमाध्यम दर्ता नं. : १४१५/०७५–७६

सम्पादक
डम्बर बहादुर बुढाथोकि

कार्यकारी सम्पादक
सरिना बुढाथोकी

रिपोर्टिङ
सरिता भारती

व्युटी टिम
सुमित्रा रन्जीत, सोनी कारञ्जित, इन्दु आचार्य,
रश्मिला श्रेष्ठ, अनिता खड्का, शुलोचना श्रेष्ठ

मोडलिङ संयोजन
जयन सुब्बा मानन्धर

भिडियो संयोजन
प्रदीप कंडेल

फोटो पत्रकार
बद्री थापा

फेशन
फुपु तेन्जिङ शेर्पा

भिडियो सल्लाहकार
राजु केसी

संगीत सल्लाहकार
जुगल डंगोल

आईटी सल्लाहकार
कमल श्रेष्ठ

संरक्षक
डब्बु क्षत्री

कार्यालय ठेगाना:
का.म.न.पा. वडा नं. २९, पुतलीसडक, काठमाडौं
फोन नं. : ९८४९१०९५९०

Copyright © 2024. Beauty News Nepal | Supported by Glamour Nepal | Online Shop Partner Kavya Online Store