अस्ट्रेलियाबाट दुई चलचित्र प्रेमालय र रुमानी निर्माण हुँदै


काठमाडौं, २१ बैशाख

अस्ट्रेलियामा बस्दै आएका मनोज अधिकारीले एकसाथ दुई नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । एउटा चलचित्रको निर्देशन मनोज आफैंले गर्नेछन् । बिहिबार राजधानीको क्युजमा हलमा आयोजित प्रेसमिटमा मनोजको दुबै चलचित्र ‘प्रेमालय’ र ‘रुमानी’ को निर्माण घोषणा गरियो ।

कुमार शाहले निर्देशन गर्ने प्रेमालयमा निराजन प्रधान, मरिष्का पोखरेल, सन्नी ढकाल, डा. सूर्या थापा, रविन्द्र झा, दालमन पुन लगायतका कलाकारको अभिनय रहने मनोजले जानकारी गराए ।

एसके स्क्वाएर प्रोडक्सन र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा बन्ने प्रेमालयको निर्मातामा मनोज अधिकारी, किरण माइकल र ऋषिकेश गिरी छन् । त्यस्तै निर्मातामा सुभाष श्रेष्ठ, सहनिर्मातामा सुक बहादुर कामी, थुम प्रसाद छन्त्याल र शेर बहादुर रोका क्षत्री छन् । किरण माइकलको लेखन रहेको प्रेमालयमा राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत र रोहा शर्माको छायाँकन रहनेछ ।

नेपाल अस्ट्रेलियामा छायाँकन हुने दुवै सिनेमा मध्ये प्रेमालयको नेपाल छायाँकन आगामी सातादेखि हुनेछ । अस्ट्रेलिया छायाँकनकोलागि असार पहिलो सातादेखिको सेड्युल राखिएको छ । दुवै सिनेमाको छायाँकन दशैँ अगाडी नै सक्ने निर्माण पक्षको भनाई छ ।

त्यस्तै मनोज अधिकारीले निर्देशन गर्ने रुमानीमा सन्नी ढकाल मात्र फाइनल भएका छन् । छिट्टै नै बाँकी कलाकार चयन गरेर रुमानीको छायाँकन सुरु गर्ने निर्देशक अधिकारीले जानकारी दिए ।