कोहलपुर एक्प्रेसको करोड कारोबारमा काटियो केक


काठमाडौं, २० बैशाख

गत १४ बैशाखबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्प्रेस’ले एक सातामा एक करोडको कारोबार गरेको भन्दै केक काटिएको छ । कोहलपुर एक्सप्रेसका कलाकारले केक काटेका हुन् ।

बिहिबार राजधानीमा यो चलचित्रको टिमले केक काटेर एक करोडको कारोबारको ‘सेलिब्रेसन’ गरेको छ । यो चलचित्रकी अभिनेत्री एवम् निर्माता केकी अधिकारी, अभिनेत्रीहरु प्रियँका कार्की, ऋचा शर्मा, बिनोद न्यौपाने, कुशाग्र भट्टराई, निर्देशक बिशाल भण्डारी लगायतले केक काटेर सञ्चारकर्मी सामु खुसी साटेको हो ।

सञ्चारकर्मीबाट राम्रो प्रतिक्रिया नपाए पनि चलचित्रले दर्शकबाट साथ पाएको निर्माण पक्षको भनाई छ । यसकी निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कोहलपुर एक्सप्रेसले सुरुका दिनमा ठिकै व्यापार गरे पनि आईतबारपछिबाट राम्रो व्यापार गरेको र शोहरु थपिएका बताईन् ।

केकीका अनुसार शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन हुने यो फिल्ममा काठमाडौंका मल्टिप्लेक्समा अझै एक दर्जन भन्दा बढी शो पाएको छ ।