झिल्के भेना…लाई सालीले यसरी जिस्याए


काठमाडौं, २० बैशाख

दुर्गा गुरूङ, गायिका टिका पुन, केशु गुरुङ ‘केशमाया’ र तेजेन्द्र दुराको स्वरले सजिएको गीत झिल्के भेना…को भिडियो सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको छ ।

गुरुङ कला–संस्कृति तथा लोकपहिचान बोकेको यस कौरालाई दर्शक तथा श्रोताले रुचाएका छन् । केही दिनअघि रिलिज गरिएको यो भिडियोमा लाहुरे भेष ‘कम्ब्याड’मा झिल्के भेना गाउँ आउँदा सालीहरुले जिस्काउँने गरेको दृष्य प्रस्तुत गरिएको छ ।

रेवत रानामगर र रेशम गुरूङद्धारा निर्मित यस कौरा गीतलाई रेशम गुरूङले लेखेका हुन् । रेवतकै लय रहेको यो गीतको भिडियोलाई राजु गुरूङले निर्देशन गरेका हुन् । यसका छायाँकार अजय रेग्मी र सम्पादक विष्णुहरी तिमिल्सिना हुन् ।

गुरुङ समुदायको कौरा विशेष गीत हो, जसले उनीहरुको कला, संस्कृति र रहन–सहन झल्काउँछ ।