सञ्जुको नयाँ पोष्टर, ९० को दशकका सञ्जय दत्तको रुपमा यस्तो देखिए रणबीर


मुम्बई, एजेन्सी, २० बैशाख

राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’को नयाँ नयाँ पोष्टर सार्वजनिक गर्ने क्रम जारी छ । यसै क्रममा फिल्म सडक, साजन आदि फिल्मका सञ्जय दत्तको लुक्समा रणबीर कपुरलाई उतारिएको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सञ्जुको यो पोष्टमा सन १९९० को दशकको सञ्जय दत्तको लुक्समा रणबीर कपुर प्रस्तुत भएका छन् ।

यसपछिको पोष्टरमा रणबीर कपुरलाई फिल्म मुन्ना भाई एमबिबिएसको सञ्जय दत्तको लुक्समा उतारिने भएको छ । एमबिबिएसको लुक्सले पनि दर्शकलाई त्यत्तिकै आकर्षण गर्ने विश्वास निर्देशक हिरानीको छ ।

आगामी २९ जुनमा रिलिज हुने यो फिल्ममा अभिनेता सञ्जय दत्तको बिबादित र रमाईलो जीवनशैली प्रस्तुत गरिने भएको छ । फिल्म सञ्जुमा काम गर्नकै लागि रणबीर कपुरले सन २०१६को ए दील है मुस्किल पछि कुनै पनि फिल्मका काम गरेनन् । उनी दुई वर्षपछि बल्ल सञ्जुबाट पर्दामा सञ्जय दत्तको रुपमा पर्दामा आउँदैछन् ।