लम्फुको गीतमा कबिर र मरिष्काको बियोग


काठमाडौ, २० बैशाख

आगामी २८ बैशाखबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘लम्फू’को बियोगान्त गीत तिमीलाई भुलेर…को भिडियो रिलीज गरिएको छ । प्रमोद खरेलको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत र युवराज सापकोटाका शब्द छ ।

चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले यो गीतको प्रसंग चलचित्रमा आउँदा दर्शक भावुक बन्ने बताए । चलचित्रले मिलन, वियोग, समाज, साथीत्व तथा परिवारको कथा प्रस्तुत गर्ने उनले बताए ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा अभिनेता कबिर खड्का र अभिनेत्री मरिष्का पोखरेल प्रेम छट्पटीपूर्ण अभिनय छ । गीतको भावअनुसार चलचित्रमा वियोगको कथा रहेको बुझिन्छ ।

लम्फूमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, रश्मी भट्टलगायतको अभिनय रहेको छ । यस चलचित्रमा तरकारीवालीको नामले परिचित कुशुम श्रेष्ठको पनि अभिनय छ ।

यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । मानिससँग समय शत्रु भएपछि जीवनमा आउने घटनाक्रमहरु यो चलचित्रमा पाईने निर्माता शक्तिबल्दभ घोरासैनीले बताए ।

भिडियो यस्तो छ –