छायाँछवी काव्यशृङ्खलामा सुनियो हेमन्त र सिताका रचना


 

काठमाडौं, १९ बैशाख

‘छायाँछवि काव्य शृङ्खला, सिलसिला सातौं’ मा कवि हेमन्त विवस र गजलकार सिता प्याकुरेलले आफ्ना कविता एवम् गजलबाट काव्यप्रेमीको मन जितेका छन् । छायाँछवी क्रियसनले मासीक रुपमानियमीत आयोजना गर्दै आएको यो कार्यक्रममा यस पटक हेमन्त र सिता प्रस्तुत भएका हुन् ।

काठमाडौंको बागबजार स्थित सिटी म्याक्स हलमा सम्पन्न सो कार्यक्रममा हेमन्तविवशले करिव एक दर्जन कविता सुनाए । सामाजिक एवम् प्रेम भावका विषयमा उनले कविता प्रस्तुत गरेका थिए । कवि विवशले सुदुर पश्चिमको भाषालाई समेत समेटेर कविता वाचन गरेका थिए । उनले छन्दमा पनि कविता सुनाए । कार्यक्रम गजलकार सीता प्याकुरेलले प्रेम भावमा गजल प्रस्तुत गरेकी थिइन् । गजलकार सीताले मानसिक, सामाजिक एवम् प्रेमलाई आफ्ना गजलमा बुनेर सुनाईन् ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै कार्यक्रमकी संयोजक रश्मी रोदनले सो सृँखलाको बारे प्रकाश पारिन् । छायाँछवि क्रियशनका अध्यक्ष तथा गीतकार शान्तिप्रियले कार्यक्रमम शुत्रधारको भूमिका निर्वाह गर्दै कुनै पनि क्षेत्रलाई चलायमान बनाउन सकिएमात्र त्यस क्षेत्रको समृद्धि हुने बताए । साहित्य, संगीत र चलचित्र एउटै कितावका पत्ताहरु भएको बताए ।