भिडियोमा काले दाइको राइफलको सिरानी….


काठमाडौं, १९ बैशाख

चलचित्र ‘काले दाइ’को शीर्ष गीत राइफलको सिरानी…भिडियो सञ्जाल युट्युवबाट रिलिज गरिएको छ । सुमन बैरागीको शब्द र दिपक शर्माको संगीत रहेको यो गीतमा ध्रुव विस्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

यूट्यूबममा सार्वजनिक गरिएको दोस्रो दिनमै यो गीत युट्युवमा एक लाख ३० हजार भन्दा बढी पटक हेरिएको छ । गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ । गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले नाचेका छन् ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । यो चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठलगायतको अभिनय छ ।