पूर्णिमाको हिरोज् २८ बैशाखमा हलमा


काठमाडौं, १८ बैशाख

गत २३ चैतमा रिलिज हुने तयारी हुँदाहुँदै पनि प्रदर्शनको एक दिन अघि चलचित्र ‘हिरोज्’ रिलिज स्थगित गरिएको थियो । अब चलचित्र हिरोज्लाई दर्शकले २८ बैशाखबाट सिनेमा हलमा हेर्न पाउने यसकी निर्माता एवम् अभिनेत्री पूर्णीमा लामाले बताएकी छिन् ।

उनले मँगलबार आफ्नो चलचित्रको नयाँ प्रदर्शन तिथि घोषणा गरेकी हुन् । एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे फिल्म अब २८ बैशाखमा दर्शकमाझ आउने पक्का भएको जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् ।

जय लक्ष्मी फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्र राजनीति बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको बिषयमा बनेको छ । लक्ष्मी लामाको प्रस्तुत रहेको हिरोज्को निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा छन् ।

एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । कमल राई, कविराज गहतराज र रामजी लामीछानेको नृत्य निर्देशन रहेको यो चलचित्रलाई शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।