सुलोचनाको सुखद व्युटिसियन यात्रा


काठमाडौं, १८ बैशाख

बिगत डेढ दशक देखि व्युटिसियन पेशामा सक्रिय सुलोचन श्रेष्ठ काठमाडौंकी अग्रज व्युटिसियनहरुमा पर्छिन् । आफुले व्युटी सम्बन्धि नयाँ नयाँ प्रविधि सिक्नु र विधार्थीहरुलाई पनि सिकाउँदै यो पेशमा दक्ष बनाउनु उनको विशेषता हो ।

सिटिईभिटीबाट दोस्रो लेभल उतिर्ण गरेर उनले आफुलाई दक्ष व्युटिसियन बनाएकी हुन् ।समयदेखि सुलोचना सिटिईभिटीमा व्युटिसियनहरुको मूल्याँकनकर्ताको रुपमा सेवारत छिन् । यस्तै उनले बिगत पाँच वर्षदेखि इभेन्टद्धारा सञ्चालिन तीन महिने असिष्टेन्ट व्युटिसियन तालिमसञ्चालान गर्दै आएकी छिन् । इभेन्टको भौचरमा आधारित तालिमबाट उनले धेरैलाई यो पेशामा लाभान्वित तुल्याई सकेकी छिन् ।

काठमाडौंको पेप्सिकोला निवासी सुलोचनाको भनाईमा व्युटिसियन पेशामा उनको आकर्षण स्कुले जीवन देखि नै भएको हो । उनी स्कुल पढ्दा सृँगार पटारमा निकै चासो राख्थिईन् । आफु सजिनु भन्दा पनि अर्कालाई सजाउँदा उनलाई रमाईलो लाग्थ्यो ।

नवलपरासीको दलदलेमा बुबा सूर्यलाल श्रेष्ठ र आमा सुनकेशरी श्रेष्ठको दोस्रो सन्तानको रुपमा सुलोचनाको जन्म भएको हो । उनले प्राविसम्मको अध्ययन श्री जनज्योती नमूना स्कुल धारापानीमा र मावि स्तरको अध्ययन श्री जनज्योती मावि प्रगतीनगर, नवलपरासीबाट सम्पन्न गरिन् ।

स्कुले जीबनपछि काठमाडौंको पद्मकन्या कलेजबाट प्रमाणपत्र अध्ययन गरेपछि उनले व्युटिसियन क्षेत्रलाई पेशाको रुपमा अँगालेकी हुन् । डेढ दशक अघि काठमाडौंको नयाँ बानेश्वर स्थित आईटिसी ट्रेनिङ सेन्टरबाट डेढ वर्षको डिप्लोमासम्मको प्रशिक्षण उनले पुरा गरा गरिन् । त्इसपछि सुलोचनाले काठमाडौंको मिनभवन स्थित ठुलो खरीबोटमा रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सुरु गरेकी हुन् ।

२०६३ मा मिनभवनको सुरु भएको रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर अहिलेसम्म पनि मिनभवन क्षेत्रमा उत्कृष्ट सेवा दिने पार्लरको रुपमा परिचित छ । सो क्षेत्रमा व्युटिसियन सेवाले आफ्ना ग्राहकको मन जित्दै गएपछि मिनभवन क्षेत्रमा रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर लोकप्रियता हाँसिल गरेको उनको कथन छ ।

त्यसो त मिनभवनको लोकप्रियतापछि सुलोचनले यो पार्लरको आउटलेको रुपमा अर्को साखा काठमाडौंको पेप्सीकोला स्थित टाउन प्लानिङमा पनि २०७० सालमा ‘रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सुरु गरेकी छिन् । अहिले दुबै पार्लरले आफ्ना क्षेत्रका सौन्दर्यप्रेमीहरुलाई सन्तुष्टीपूर्वक सेवा दिईरहेको बरिष्ट व्युटिसियन सुलोचनाले बताईन् ।

आफ्नो सिपलाई अझ ससक्त र समय अनुसारको आधुनिकिरण गर्न सुलोचनाले बेला बेलामा विभिन्न ठाउँमा व्युटिसियन सम्बन्धी नयाँ नयाँ प्रशिक्षण लिईरहेकी छिन् । उनले नेपालमा हुने दर्जनौं सेमिनारमा व्युटिसियन सम्बन्धि नयाँ ज्ञान हाँसिल गरेर आफुलाई अझ दक्ष व्युटिसियन बताउँदै आएकी छिन् । सुलोचनले हालै थाईल्याण्डको व्याङककमा रहेको एसएमए इन्टरनेशनल मेकअप एकेडेमीबाट एक हप्ताको विशेष प्रशिक्षणसम्पन्न गरिन् ।

त्यहाँ गएर आफुले प्रोफेस्नल मेकअप र हेयर सम्बन्धि प्रशिक्षण लिएको उनले बताईन्,‘व्युटी क्षेत्रमा नयाँ नयाँ प्रयोगहरु भईरहने र नयाँ नयाँ टेक्नोलोजी आउने भएकाले विधार्थीहरुलाई सो बारे सिकाउन पनि मैले देश बिदेशमा गएर प्रशिक्षण लिँदै आएकी हुँ । आफुले सिकेको सिप आफ्ना विधार्थीलाई सिकाउनुका साथै आफ्ना ग्राहकरुलाई झन नयाँ नयाँ सुविधा दिन पाउँदा खुसी लाग्छ ।’ सुलोचनाले व्युटी न्युज नेपालसँग भनिन् ।

आफुले मिनभवनमा रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालन गरेदेखि उनले महिलाहरुलाई व्युटिसियन सम्बन्धि प्रशिक्षण दिँदै आएकी छिन् । यो १३ वर्षमा आफुले करिब तीन हजार महिलाहरुलाई बेसिक देखि डिप्लोमा तथा स्पेशल कोर्ष सिकाईसकेको पनि उनले बताईन् । ती मध्य उनका करिब एक हजार विधार्थीहरु अहिले व्युटिसियन पेशमा सक्रिय छन् । केहीले विदेशमा व्युटिसियन पेशाबाटै प्रगति गरेको देख्दा आफुलाई खुसी लागेको पनि सुलोचनाले सुनाईन् ।

यसरी आफुले विधार्थीहरुको लेबल अनुसारको प्रशिक्षण दिएपछि उनीहरुलाई सिटिईभिटीबाट परीक्षा दिलाउने गरेको पनि बरिष्ट व्युटिसियन सुलोचनाले जानकारी गराईन् । बिदेशमा गएर केही गर्न चाहनेहरुलाई आफुले सोही अनुसारको छोटो अबधिमा धेरै कुरा सिक्न सकिने कोर्ष तयार गरेर प्रशिक्षण दिँदै आएको पनि सुलोचनाले बताईन् ।

व्युटिसियनहरुलागि ६ वर्ष अघि आयोजना गरिएको व्यक्तित्व विकाश तथा प्रतिभा प्रस्तुति सम्बन्धि कार्यक्रम ‘व्युटिसियन आईकन–२०१२’मा सहभागी भएर सुलोचनाले सेकेन्ड रनरअपको उपाधि जितेकी थिईन् । सो उपाधिले आफुलाई धेरै जनाबीच चिनाएको पनि उनले बताईन् । यस्ता कार्यक्रममा सहभागी हुँदै धेरैजनासँग चिनजान हुनुका साथै धेरै कामको अवसर प्राप्त हुने गरेको उनले जानकारी गराईन् । सो उपाधिले आत्मविश्वास बढ्नुका साथै यो क्षेत्रमा अझ डटेर काम गर्न दिन प्रतिदिन हौसला मिलेको पनि उनको भनाई छ ।

व्युटिसियन पेशामा परिवारको त्यत्तिकै ठुलो साथ रहेको पनि बरिष्ट व्युटिसियन सुलोचनाले जानकारी गराईन् । आफुलाई यो पेशामा लाग्न श्रीमान गगन श्रेष्ठको पनि त्यत्तिकै ठुलो सहयोग र प्रेरणा रहेको पनि सुलोचनाले बताईन् ।

आफुलाई जस्तै हरेक नेपाली नारीलाई पनि पारिवारिक साथ र सहयोग भयो भने आफ्नो कार्यमा अघि बढ्न हौसला मिल्ने उनको भनाई छ । यो बिषयमा सुलोचना आफुलाई भाग्यमानी ठान्दछिन् ।