मनिषा कोईरालालाई दादासाहेब फाल्के पुरस्कार


मुम्बई,एजेन्सी, १८ बैशाख

प्राय बलिउडका कलाकारलाई प्रदान गरिने दादासाहेब फाल्के पुरस्कार यसपटक नेपाली अभिनेत्री मनिषा कोईरालाले पनि पाएकी छिन् । भारतीय चलचित्रका प्रथम निर्देशक दादासाहेब फाल्केको नामा स्थापित दादासाहेब फाल्के फाउन्डेसनले आईतबार राती मुम्बईमा एक समारोहबीच अभिनेत्री मनिषा कोईरालालाई ‘दादासाहेब फाल्के मस्ट भर्सटाईल एक्ट्रेस अवार्ड–२०१८’ प्रदान गरेको छ ।

बलिउड फिल्ममा उनको योगदानप्रति समर्पण गर्दै फाउन्डेसन तर्फबाट मनिषालाई ‘दादा साहेब फाल्के मस्ट भर्सटाईल एक्ट्रेस अवार्ड–२०१८’ प्रदान गरिएको हो । यस अघि तीन पटकसम्म बलिउडको चलचित्र सम्बन्धि उत्कृष्ट अवार्ड फिल्म फेयर अवार्ड पाईसकेकी मनिषाले यस पटक दादासाहेब फाल्के मस्ट भर्सटाईल एक्ट्रेस अवार्ड–२०१८ पाएकी हुन् ।

सन १९९१ मा बालिउड फिल्म सौदागरबाट उनले भारतीय सिनेमामा अभियन यात्रा सुरु गरेकी हुन् । यसपछि बलिउडमा दर्जन हिट फिल्म दिएकी मनिषाको गत वर्ष फिल्म डियर माया रिलिज भएको थियो ।मनिषाका अकेले हम अकेले तुम्, बम्बै, खामोसी, अग्निसाक्षी, दील से, लाल बादशाह, मन, कोयला, कम्पनी लगायत थुप्रै हिट फिल्महरु छन् ।

केही वर्षको बिश्रामपछि गत वर्ष फिल्म डियर मायाबाट अभिनयमा फर्किएकी मनिषाले यो फिल्मबाट अभिनयमा निकै प्रसँसा पाईन् । यो पुरस्कारबाट आफुलाई सम्मानित गरिएकोमा उनले आयोजकप्रति धन्यबाद ज्ञापन गरिन् ।

सोही कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड फिल्म प्याडम्यानबाट अक्षय कुमारलाई र उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म टवाईलेट एक प्रेम कथाबाट भूमिका पेड्नेकरलाई प्रदान गरियो ।