म्युजिक भिडियोबाट शैक्षिक अभियान


काठमाडौं, १८ बैशाख

मनोरञ्जनकालागि मात्र गीत तयार पार्ने प्रचलनबाट पर हेटर निर्देशक एवम् सञ्चारकर्मी दिपेन्द्र दोङ तामाङले शैक्षिक अभियानका लागि म्युजिक भिडियो तयार गरेका छन् ।

बेलायत निवासी तेन्जी पाख्रिनले लेखेको गीत कहाँ होलान…लाई च्यारिटी भिडियोको रुपमा निर्देशन दीपेन्द्रले तयार गरेका हुन् । अनाथ र सडक बालबालिकाहरुको शिक्षाकालागि सहयोग गर्ने उदेश्यले फस्ट एजुकेट नेपाल,युके संस्था स्थापना गरेका गीतकार पाख्रिनले त्यही अभियानलाई प्रतिविम्वित गर्न यो गीत र भिडियो तयार पारेको निर्देशक तामाङले बताए ।

भिडियोमा राष्ट्रिका खड्का र स्तुति सापकोटाको अभिनय छ । नारायण जिसीको छायाँकन र अनिल महर्जनको सम्पादन रहेको म्यूजिक भिडियोको निर्माता रत्नदेवी गुरुङ हुन् ।

गीतकार पाख्रिनको शब्द रहेको यो गीतमा प्रतिभाशाली बाल गायिका जिग्मेछ्योकी घिसिङको स्वर छ । निर्देशक तामाङले म्यूजिक भिडियोको सोमवार प्रिमियर गरेका छन् । भिडियोमा विनाशकारी भूकम्पमा परि आमा वुवा गुमाएका दुई बालिकाको कथा देखाइएको छ ।

सडक बालिकाका रुपमा जीवन जीउन बाध्य ती बालिकाहरुको पढ्ने धोकोलाई भिडियोमा कथानक रुपमा प्रस्तुत गरिएको छ । शिक्षाका नाममा सरकार र गैरसरकारी क्षेत्रले बर्षेनी ठूलो धनराशी खर्च गरे पनि लक्षित समूह भने त्यसबाट सधैं बञ्चित हुने गरेको तथ्यलाई भिडियोबाट व्यंग्य गरिएको छ ।

यस्तो छ शैक्षिक भिडियो –