एसएलसी प्रिन्सेजका लागि ३० छात्रा छानिए


काठमाडौं, १६ बैशाख

एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्द्रित सिजन मिडिया प्रा.लि.ले ‘ह्वाइ हाउस एसएलसी प्रिन्सेज–२०१८’ अडिसन लिएको छ । विगत ८ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको यो आठौं संस्करणको अडिसनमा ३० जना प्रतियोगीहरु छनौट भएका छन् ।

अडिसनमा चयन भएका छात्राहरुको १७ बैशाखबाट प्रशिक्षण सुरु हुने आयोजक प्रदीप वन्तले जानकारी गराए । प्रशिक्षणको क्रममा उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास हुने पनि वन्तले बताए । प्रशिक्षणको क्रममा पौडी, शारीरिक फिटनेश, फोटो सेसन, दामन भ्रमण, टेवल म्यानेजमेन्ट सहित विभिन्न अबसर पनि प्राप्त गर्ने उनले बताए ।

उनीहरुले उच्च शिक्षाकोलागि कलेजबाट लिने इनट्रान्स परीक्षाको लागि तयारी कक्षाहरु पनि प्रशिक्षणको क्रममा लिने उनले बताए । ‘ह्वाइ हाउस एसएलसी प्रिन्सेज–२०१८’को चयन आगामी असारको पहिलोे साता हुने पनि वन्तले बताए ।