शिल्पी थिएटरमा चेखवको नाटक ‘तीन बहिनी’


काठमाडौं, १६ बैशाख

नाटक ‘थ्री सिस्टर्स’ को मञ्चन हुने भएको छ । नाटक ‘तीन बहिनी’को परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन् ।

रसियन नाटककार एन्टोन चेखवको प्रसिद्ध यो नाटकलाई मेघराज अधिकारीद्वारा नेपालीमा अनूबाद गरेका हुन् ।
तीन बहिनीमा घिमिरे युवराज, सुषमा कोइराला, श्याम खड्का, शान्ति गिरी, विकास जोशी, सुनिसा बजगाई, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल श्रेष्ठ, सुरेश जि सी र श्रीओम रोदनले लगायतले अभिनय गर्दै छन् ।

यो नाटक १९ वैशाखबाट १२ जेठसम्म काठमाडौंको बत्तिसपुतली स्थित शिल्पी नाटकघरमा मञ्चन हुने नर्दिशक घनश्यामले जानकारी गराए ।