काठमाडौं,१६ बैशाख

‘दोश्रो स्कूल ग्लोरी नेपाल २०१८’मा सहभागी १८ जना प्रतियोगिहरुले शनिवार राजधानीमा आयोजित ट्यालेन्ट राउण्डमा निर्णायक समक्ष आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सो क्रममा उनीहरुले नृत्य, गायन, चित्रकारिता तथा वक्तृत्वकला लगायतका प्रतिभा प्रस्तुत गरे ।

देशभरका विद्यालयबाट सहभागी ३५ जना प्रतियोगिहरु मध्येबाट छानिएर १८ जना ट्यालेन्ट राउण्डमा पुगेका हुन् । विद्यालयहरुसँगको सहकार्यतामा अडिशन गरी प्रतियोगिहरु छनौट गरिने आयोजक संस्था जि ईलेभन प्रा.लि.का सचिव राजन दाहालले जानकारी दिए ।

निर्णायकको मत तथा पब्लिक भोटिङ्गबाट २१ बैशाखमा राजधानीमा विजेता घोषणा हुनेछन् । विजेताले नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

ट्यालेन्ट राउण्डमा निर्णायकको रुपमा चलचित्र पत्रकार जिवन पराजुली, गायक रुद्र शमशेर जबरा र कोरियोग्राफर तथा ब्यूटिसियन शान्ति लिम्बुलगायत थिए ।