टुँडिखेलमा कलाकारले लगाए डन्डीबियोको ठ्याक


काठमाडौ, १५ बैशाख

चलचित्र ‘डमरुको डन्डीबियो’का कलाकारले शनिबार काठमाडौंमा विभिन्न कलाकार,पत्रकार तथा सर्वसाधारणलाई डन्डीबियो खेलाएका छन् ।  ट्रेलर रिलिज भएसँगै प्रचार पाएको यो चलचित्र थप प्रचारका लागि डन्डीबियोको ठ्याक लगाउने खेल आयोजना गरिएको हो । पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित सिनेमाले शनिबार दिउँसो राजधानीको टुँडिखेलमामा ‘ठ्याक लाउने’ च्यालेन्ज राखेको हो । सो प्रतियोगितामा सयौं प्रतिस्पर्धी सहभागी थिए ।

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई २५ सय रुपैयाँ, छैंटो ठ्याक लगाउनेलाई १५ सय रुपैयाँ, पाँचो ठ्याक लगाउनेलाई पाँच सय रुपैयाँ बराबरको फूड वा काफी कुपन वा टिसर्टरक्याप र इनर्जी ड्रिंक्स एवम् तियो र चारो लगाउनेलाई टि सर्टर, पेन पुरस्कार दिइएको थियो ।

सिनेमाका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए । टुँडिखेलमा खगेन्द्र पुग्दा फ्यानहरुले पशुपति प्रसाद भन्दै सेल्फी लिन झुम्मिए । ‘डमरुको डन्डीबियो’ बारेमा जानकारी रहेको बताउदै प्रतिस्पर्धीले सिनेमा कुनै पनि हालतमा हेर्ने बाचा गरे ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

छेतेन गुरुङ निर्दे्शित ‘डमरुको डन्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।