जमाना भेराईटी इफेक्ट मेकअपको


काठमाडौं, १५ बैशाख

समय अनुसार हरेक कुरा बदलिने क्रममा मानिसहरुको रुची पनि बदलिने हुन्छ । यो मानवीय स्वभाव हो । अहिलेका मानिसहरु नयाँ नयाँ सिर्जनाका पछि लागिरहेका छन् । सुरुकाका दिनहरुमा साधारण मेकअप हुँदै ब्युटी मेकअपले लोकप्रियता पाउन थालेका थियो ।

 

मेकअपको र्याम्प शो, फेशन सुट बाहेक खासै क्रेज एक समय देखिएन । त्यसपछि ब्राइडल मेकअपको बढी माग हुन थाल्यो । सौन्दर्यको दुनियामा ब्राइडल मेकअपको लामो समय प्रभाव रहेको बेला फेरी भेराईटी मेकअपको फेशन सुरु भएको छ ।

फेशन मेकअप लाई पनि ब्राइडल मेकअपले नै छायामा पारिदियो तर अहिले आएर फेशन मेकअपमा विविध क्रिएसन देख्न पाईएको छ । जसका कारण अबको मेकअप ब्युटी र ब्राइडलमा मात्र सिमीत रहेन ।

 

फेशन मेकअप पछि अहिले चलेको क्रिएटिभ मेकअप, न्युड मेकअप, नो मेकअप. फ्यान्टाशी मेकअप, स्टेज मेकअप, स्पेशल इफेक्ट मेकअप, रेट्रो लुक मेकअप, मेटल लुक मेकअप आदि जस्ता विविध मेकअपहरुले अहिले सौन्दयको दुनियामा बिस्तारै प्रभुत्व जमाउन थालेको छ । मुलत अहिलेका युवा पुस्तामा यस्तो विविध मेकअपको फेशन आएको हो ।

प्रस्तुति–जयन सुब्बा मानन्धर

मेकअप एवम् हेयर स्टाईल–लेशेश मेकअप स्टुडियो

तस्बिर – लेशेश मेकअप स्टुडियो

हेर्नु तस्बिरमा विविध मेक अप –