काठमाडौ, १५ वैशाख

चलचित्र ‘कहिँ कतै’को गीत सार्वजनिक गरिएको छ । यसअघि नै भारतमा रिलीजको लागी यूट्यूबमा रिलीज भईसकेको गीत ‘झ्वाँईय झान…’ गीत औपचारिक रुपमा काठमाडौ सार्वजनिक गरिएको हो । सचिन सिंहको संगीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव अर्पणका शब्द रहेका छन् ।

यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ । गीत सार्वजनिक गरिएको कार्यक्रममा चलचित्रका प्रमूख कलाकारहरु शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिती थियो । यि दुवै कलाकार यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् ।

भिडियो

 

सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

श्रावण २५ गते रिलीज हुने यो चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको पनि प्रमूख अभिनय रहेको छ । चलचित्रलाई शबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।