इभा बनिन् जुनियर स्कुल प्रिन्सेस्


काठमाडौं, १५ बैशाख

छात्राहरुको प्रतिभा प्रस्तुतिका लागि आयोजित अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज वानेश्वरकी इभा गिरीले जितेकी छिन् ।

सिजन मिडियाद्धारा राजधानीमा आयोजित सातौं संस्करणको यो प्रतियोगितामा मिनभवनस्थित एनके सिंह ईपिएस स्कुलमा १० कक्षामा अध्ययनरत ईभाले ७२ स्पर्धीलाई पछाडि पार्दै जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज जितेकी हुन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्य २ समूहमा परिना श्रेष्ठ र इसा थापा मगरले ताज जितेका छन् ।

प्रतियोगितामा पुनीकाश्री वस्नेत, सुवेक्षा श्रेष्ठ र रिया गौतम फष्ट रनरअप, समृद्धि सिग्देल, समिया थापा र सिम्रन तुलाधर सेकेन्ड रनर्सअप भएका थिए । विजयीहरुलाई साइकल र मोवाइल फोन उपहार प्रदान गरिएको थियो । कार्यक्रममा टप टेन विजेतालाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको कोरियोग्री तथा सञ्चालन रोजिन शाक्यले गरेका थिए ।