काठमाडौं, १५ बैशाख

चलचित्र डोली निर्माण हुने भएको छ । सामाजिक कथाबस्तुमा निर्माण गर्न लागिएको डोलिको शुक्रबारबाट छायाँकन सुरु भएको छ ।

उक्त चलचित्रमा किशोर खतिवडा, अर्जुन गुरुड, भंगेरी डन, हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, शतिस खत्री तथा बिरने डिसी लगायतका कलाकारको अभिनय रहनेछ ।

जय राम थापाको सिनेमाटोग्राफ रहेको छ । बिरंगना, बृन्दाबन, पाठशाला, लाटीलगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक राज बहादुर सानेले डोली लेखेका हुन् । चलचित्रको निर्देशन पनि राजबहादुर नै हुन् ।

किरण नेपालीको लगानी रहने यस चलचित्रको छायांकन नुवाकोटका केही सुन्दर बस्तीबाट शुरु गरिएको छ । नुवाकोटपछि यसको छायांकन रारा, जुम्ला र काठमाडौंमा हुने निर्माण पक्षले बताएको छ ।

चलचित्रमा सि डि बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगीत रहेको छ । मेलिना राई, अनुष्का पाठक, सि डी बिजय, मनिषा राई र युवराज चौलागार्इंको स्वर रहेको छ ।

गीतहरुको संगीत संयोजन महाराजा थापा र राजकुमार बगरले गरेका हुन् । जसमा दिनेश सुबेदी, बेबी गुरुङ र हरि उप्रेतीको शब्द रहेको छ । यी गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहने छ । डोलीको ३५ दिने छायांकन सेड्युल बनाईएको छ ।