भूमिकालाई मायाकै पिरलो


 

काठमाडौं, १४ बैशाख,

लोक दोहोरी गायिका भूमिका गिरीले आफ्नो नयाँ लोकदोहोरी गीत मायाकै पिरलो…को भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा भूमिकासँगै भागिरथ चलाउनेले स्वर दिएका छन् । यो गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको छ ।

जो कोहीलाई पनि मनछुने लोक शैलीको यो गीतमा गायक गायिकाले मायाको चिन्ता गरेका छन् । राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

लोक गायक समेत रहेका रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय रहेको भिडियो निर्माण राम्रो तवरले गरिएको छ ।