छक्का पञ्जा ३ मा दीपिकालाई छाने दीपक र दीपाश्रीले


काठमाडौं, १२ बैशाख

चलचित्र ऐश्वर्य रिलिजपछि तीन ओटा फिल्म छाडेकी अभिनेत्री दीपिका प्रसाईलाई निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा ३ मा चयन गरेका छन् ।

दीपकराजले दीपिकाको सुन्दताको प्रसँसा गदै उनलाई आफ्नो सिनेमामा लिएको घोषणा गरेका छन् । आफ्नो फेसबुक मार्फत दीपकले दीपिकालाई नायिकाको रुपमा अनुबिन्धत गरेको घोषणा गरेका हुन् ।

यसै महिनाबाट छायाँकन सुरु हुने भनिएको छक्का पञ्जा ३ मा दीपक, प्रियँका कार्की, स्वस्तिमा खड्का, शिबहरि पौडेल, जितु नेपाललगायतका कलाकारको रुपमा नियमित छन् ।

छक्का पञ्जा २ को कथा भन्दा छक्का पञ्जा ३ को कथा फरक हुने भएकाले यसमा दीपिका चयन भएकी हुन् । यी अभिनेत्री भुवन केसीले निर्माण गर्न लागेको चलचित्र क्याप्टेनमा दीपिका नायिका बन्ने चर्चा थियो । सोही कारण उनले लगातार फिल्महरु छाडिरहेकी थिईन् । तर क्याप्टेनमा दीपिका नायिकामा उनी चयन भईनन् । अन्तत उनलाई दीपक र दीपाले चलचित्र छक्का पञ्जा ३ मा नायिकाको रुपमा अनुबन्धित गरेका हुन् ।