काठमाडौं, १२ बैशाख

अभिनेत्री प्रियँका कार्कीले दिनमा तीन ओटा फिल्मको काम भ्याउनु परेको छ । दुई ओटा चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा र एउटा चलचित्र छायाँकन भएका कारण आफुले दिनमा तीन ओटा चलचित्रको काम भ्याउनु परेको उनले बताईन् ।

बुधबार बिहानसम्म उनी चलचित्र नाई नभन्नु ल ५ को छायाँकनमा व्यस्त रहिन् । उनी बुधबार ११ बजेपछि चलचित्र कोहलपुर एक्प्रेसको प्रचार प्रसारमा व्यस्त रहिन् । कोहलपुर एक्प्रेसको पत्रकार भेटघाटपछि उनी चलचित्र ह्याप्पी डेजको कन्सर्टमा गईन् ।

ह्याप्पी डेजको जानु अघि उनले व्युटी न्युज नेपालसँग भनिन्,‘भोलीबाट दुई ओटा सिनेमा रिलिज हुँदैछ । उता नाई नभन्नु ल ५ को सुटिङ पनि चलिरहेकाले अहिले दौडा दौड छ ।’ फिल्मको प्रचारमा पनि समय दिनु परेको र छायाँकनमा पनि समय दिनु परेकोले दिनमा तीन तीन ओटा सिनेमाको काम भ्याउनु परेको पनि उनले प्रस्ट पारिन् ।