सलिनमानको एकबर्ष पछिको यात्रा


 

काठमाडौं, ११ बैशाख

करिब छ ओटा चलचित्रमा अभिनय नगरेका नायक सलिनमान बाँनिया अन्तत एक बर्षपछि पुन चलचित्र जगतमा यात्रा गर्दैछन् । ए मेरो हजुर २ बाट अभिनयमा डेब्यु गरेका अभिनेता बाँनिया चलचित्र यात्रामा देखिने भएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न घोषणा गरियो चलचित्रको कार्यक्रममा युवा पुस्तालाई मध्यनजर गरेर चलचित्र यात्रा निर्माण गर्न लागेको निर्माता भट्टराइले बताए । लामो समयदेखि अभिनय र निर्माणमा क्रियासिल भट्टराइसँग यो चलचित्रमा मुक्ती, मधु श्रेत्री, धर्म राज अधिकारीले समेत निर्माणमा सहकार्य गर्दैछन् ।

कार्यक्रममा अभिनेता सलिमानले पहिलो चलचित्रमा दर्शक तथा मिडियाले दिएको साथ र हौसलाले यात्रा गर्न प्रेरणा मिलेको बताए । उनले यात्रामा पहिलो चलचित्रको कमिकमजोरी सुधारेर अझ दर्बिलो रुपमा आउने सुनाए । पहिलो चलचित्रमा साम्राज्ञीसँग रोमान्स गरेका सलिमानले यो चलचित्रमा भने मलिका महतसँग रोमान्स गर्नेछन् ।

 

कोटाकी कालिका देवीको ब्यानरमा निर्माण हुने चलचित्र संम्राट शाक्यले निर्देशन गर्दैछन् । सम्राटको यो डेब्यु चलचित्र हो । करिब २० बर्ष चलचित्र क्षेत्रमा बिताएका संम्राट थुपै्र चलचित्रमा मुख्य सहायक निर्देशक पनि हुन् । चलचित्र क्षे त्रबाट अहिलेसम्म आफुले हासिल गरेको अनुभव यात्रामा खन्याउिने निर्देशक सम्राटले बताए । ‘करिब एक बर्षको होमवर्क पछि मात्र चलचित्र सुटिङमा जान लागेका हौ’ उनले भने ‘चलचित्रको टिम राम्रो भएकोले काम पनि राम्रो हुन्छ भन्ने आसा गरेको छु ।’

चलचित्रको लेखन समेत निर्देशक संम्राटको रहेको चलचित्रमा सलिमानको अलवा सलोन बस्नेत, जानवी बस्नेत, रियर राइ, प्रेक्क्षा बज्राचार्य ,मलिका महत, बिशाल कटुवाल, धिरन शाक्य, राजाराम पौडेल, जयनन्द लामा, समृद्धी राई, जुन ज्याङ(चाइना) बोबी (केनिया) लगायत कलाकारको अभिनय रहनेछ ।


चलचित्रमा कबिराज गहतराजको नृत्य, हिमाल केसीको द्धन्द्ध, सम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोबित बज्राको संगीत रहने चलचित्रमा बनिस शाहको सम्पादन रहनेछ ।
यही २५ गतेबाट छायाँकन जाने बताइएको चलचित्रको छायाँकन संजय लामाले गर्नेछन् । चलचित्र असोज ५ बाट प्रर्दशनमा आउने कार्यक्रममा जानकारी दिइयो ।