मेलिनाको भिडियोमा नितु र शशीको प्रेम


काठमाडौं, ९ बैशाख

गायिका मेलिना राईले आफ्नो नयाँ गीत आधी रातमा…को भिडियोलाई दर्शकमाझ ल्याएकी छिन् । उनले यो आधुनिक गीतको भिडियोलाई भिडियो सञ्जाल युट्युवबाट सार्बजनिक गरेकी हुन् ।

शशी लामिछानेको शब्द र नेत्र बन्धन केसीको संगीत रहेको गीतको भिडियोलाई चलचित्र निर्देशक राजु केसीले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोको केही अंश अष्ट्रेलियामा छायांकन गरिएको छ । यसको केहि भाग नेपाल र भारतको नैनि तालमा छायांकन निर्देशक केसीले जानकारी गराए । अष्ट्रेलियामा सुरेन श्रेष्ठले भिडियोको छायांकन गरेका छन ।

यस्तो छ म्युजिक भिडियो–

 

म्युजिक भिडियोमा शशी लामिछाने र नितु कोइरालाले अभिनय गरेका छन । यी दुईको प्रेम सम्बन्धलाई भिडियोमा दर्शाईएको छ । नितुले दर्जन भन्दा बढी गीतको भिडियोमा अभिनय गरिसकेकी छन् । भिडियोलाई युट्युवमा दर्शकले रुचाएको निर्देशक राजु केसीले बताए ।