एनएफडिसी राष्ट्रिय पुरस्कार बिक्री भएको अर्जुन कुमारको आरोप


काठमाडौं, ९ बैशाख

नेपाल चलचित्र विकाश कम्पनी (एनएफडिसी)ले आयोजना गर्दै आएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ प्रति निर्माता अर्जुन कुमारले बिक्रीको आरोप लगाएका छन् । छैटौं संस्करणमा पुगेको यो अवार्डलाई उनले मनोनयन सार्वजनिक भए लगत्तै यस्तो आरोप लगाएका हुन् ।

आगामी १३ बैशाखमा काठमाडौंमा प्रदान गर्न लागिएको यो अवार्डमा अर्जुन कुमारले पनि आफ्नो चलचित्र ‘फाटेको जुत्ता’ सहभागी गएका थिए । यो फिल्मको गीत, संगीत, नायक, नायिका, हास्य कलाकार लगायतका विधा मनोनयनमा पर्ने उनको विश्वास थियो ।

 

तर एनएफडिसीमा २० बिधामा प्रतिस्पर्धा हुँदा आफ्नो फिल्म एउटा बिधामा पनि मनोनयनमा नपरेपछि निर्माता अर्जुन कुमारले प्रदान गर्नु अघि नै एनएफडिसी अवार्ड बिक्री भएको अरोप लगाउँदै फेसबुकमा त्यो अवार्ड बिरुद्ध कडा टिप्पणी गरेका छन् ।

अवार्ड बिक्री बारेको बोल कबोल सम्बन्धि पहिला नै जानकारी भएको भए खरिदमा आफुले पनि भाग लिने व्याँग्य पनि उनले फेसबुक मार्फत गरेका छन् । अर्जुन कुमारले यो राष्ट्रिय पुरस्कारलाई रत्नपार्कमा लगेर बेचेको भए अझ बढी पैसा आउँथ्यो भन्न पनि बाँकी राखेका छैनन् । एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार बिरुद्ध उनले फेसबुकमा लेखेको प्रतिक्रिया यस्तो छ ः

Arjun Kumar is with Utsav Rasaili and 8 others

अझै पनि लाज छैन इनी हरु लाई बरु रत्न पार्क मा बसेर बेच अली बढी पैसा आउछ नि kura auta duita film matra ko hai feri ’