आयुषा र भ्युसलोनी जुनियर व्याटल


काठमाडौं, ८ बैशाख

काठमाडौंमा शुक्रबार बेलुका सम्पन्न ‘छैटौं जुनियर व्याटल २०१८’ को उपाधि भ्युसलोनी सुब्बाले जितेकी छिन् । सेन्ट मेरिज स्कुलकी भ्युसलोनी सुब्बाले सिनियर ब्याटल अन्तर्गत आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधि जितेकी हुन् ।

यस्तै जुनियर व्याटलको उपाधि आफ्ना ३५ प्रतिस्पर्धीलाई पछि पार्दै पोखराको सेन्ट मार्या स्कुलकी आयुषा थापाले जितिन् । सो प्रतियोगितामा सिनियरबाट एशियन पब्लिक स्कुलका अबेश उराउ फस्ट रनरअप र सिनियरबाटै सरस्वती बोर्डिङ स्कुलका हिमेस शाक्य सेकेन्ड रनरअप घोषित भए ।

मिडिया ल्याण्डद्धारा आयोजित सो प्रतियोगितामा जुनियर तर्फ फस्ट रनर अपको उपाधि भिएस निकेतनकी जेनियाँ तामाङले र सेकेन्ड रनरअपको उपाधि सरस्वती बोर्डिङ स्कुलकी कुसुम राणाले प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकमा संगीतकार गैरे सुरेश, अनिल शाही, गायिका बबिता मानन्धर, गायक पुन्यम प्रधान, व्युटिसियन सिता पाठक, अभिनेता दिक्पाल कार्की, मोडल जेनी श्रेष्ठ, सुहासिनी सिंह, किरण पन्त र नृत्यकार स्वजन राजबँशी थिए ।

वार्षिक परीक्षा दिएर बिदा बसेका स्कुले बालबालिकाको प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट यो प्रतियोगिता गर्दै आएको मिडिया ल्याण्डकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् । निशा पाठकले सो प्रतियोगिताको कोरियोग्राफी गरेकी हुन् ।