चलचित्र बेबि आई लव यू यस्तो छ ट्रेलर


काठमाडौँ, ७ बैशाख

चलचित्र ‘बेबि आई लव यू’ ले आफ्नो ट्रेलर रिलिज गरेको छ । जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । फिल्मका सह-निर्माता सृजना परियार र दुर्गा पाण्डे हुन् ।

फिल्ममा नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको छ । बिहिबारको पत्रकार सम्मेलनमा ‘कान्छी मायालु’ बोलको गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो ।

बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरेका हुन् ।

चलचित्र ‘बेबि आई लव यू’ जेठ १८ गते देखि प्रदर्शनमा आउदै छ ।

ट्रेलर: