गसिप न्युज

काठमाडौं ६ बैशाख

अभिनेत्री प्रियँका कार्कीको यतीबेला चलचित्र ‘लिली बिली’ सफलताका साथ प्रदर्शन भईरहेको छ । अर्को साता उनको एक साथ दुई ओटा चलचित्र रिलिज हुने भएको छ ।

केकी अधिकारी निर्मित ‘कोहलपुर एक्सप्रेस’ र मिलन चाम्स निर्मित ‘ह्याप्पी डेज’ १४ बैशाखबाट रिलिज हुन लागेको हो । यी दुबै चलचित्रमा अभिनेत्री प्रियँका कार्की मुख्य भूमिकामा छिन् ।

यतीबेला प्रियँकालाई कुन कुन फिल्मको प्रचार गरौं भनेर भ्याई नभ्याई छ । उनले अभिनय गरेको फिल्म शत्रुगते चौथा सातामा पनि राम्रैसँग चलिरहेको छ । शत्रु गतेकै प्रचार ह्याङबाट बाहिरिन नसकेको बेला उनको अर्को चलचित्र लिली बिली पनि एक साता अघिबाट प्रदर्शनमा आएको हो । लिली बिलीको प्रचारमा पनि उनले पूर्ण समय दिन सकेकी छैनन् । लिली बिली पहिलो साता जस्तै दोस्रो साता पनि राम्रो चल्ने देखिन्छ ।

 

 

प्रियँकाकै फेरी १४ बैशाखबाट दुई चलचित्र कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज रिलिज हुन लाग्दा उनले प्रचारमा अझै धेरै समय दिनु पर्ने भएको छ । कोहलपुर एक्सप्रेसको प्रचारका लागि अभिनेत्री एबम् सो चलचित्रकी निर्माता केकी अधिकारीलाई प्रियँकाको ससक्त साथ यतीबेला चाहिएको छ । यस्तै मिलन चाम्सले पनि फिल्म ह्याप्पी डेजको प्रचार प्रसारका लागि प्रियँका कार्कीसँग समय मागिरहेका छन् । तर अहिलेसम्म उनले ह्याप्पी डेजको प्रचारलाई महत्व दिएको देखिँदैन ।

 

फेसबुकमा उनले अझै शत्रु गते र लिली बिलीलाई स्थान दिएकी छिन् । कोहलपुर एक्सप्रेसका केही तस्बिर र समाचार उनले फेसबुक मार्फत बाँढेकी छिन् तर ह्याप्पी डेजको प्रचार उनको फेसबुकमा देखिँदैन । यसरी एक साथ धेरै चलचित्र जुध्दा कुनलाई प्रचार गर्ने भन्दा चिन्ता कलाकारलाई हुन्छ नै । यस्तै चिन्ता यतीबेला प्रियँका कार्कीलाई भएको छ भन्दा अतिरञ्जना नहोला ।