चलचित्र हैरानले हैरान दिने खाल्को ट्रेलर गर्यो सार्बजनिक


 

काठमाडौँ, ६ बैशाख

आज विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा बनेको चलचित्र ‘हैरान’को टीजर सार्वजनिक भएको छ । चलचित्रको टीजरमा कमेडी, एक्सन र ड्रामको पाटोलाई गज्जबले देखाईएको छ । कलाकारहरुको परिचय दिइएको टीजरमा बिभिन्न कलाकारहरुको प्रायजसो कमेडी डाइलग सुन्न सकिन्छ ।

सत्य–स्वरुपको संगीतमा रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्र जेठ ४ गतेबाट देशभर प्रदर्शन हुदैँछ । डान्स फिभरको ब्यानरमा बनेको चलचित्रलाई मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । सम्झना पोखरेलको कार्यकारी निर्माणमा तयार भएको चलचित्रमा निरज कडेँल र नवराव उप्रेतीको सिनेम्याटोग्राफी छ भने प्रितम पाण्डेको सम्पादन छ ।

ट्रेलर: