चँगाको कम्पनी…, कलाकारको छमछमी


काठमाडौं, ४ बैशाख

प्रदर्शनको तिथि नजिकिँदै गर्दा चलचित्र ‘चँगा’को एउटा गीतको भिडियो रिलिज गरिएको छ । कन्तिपुर टेलिभिजनमा प्रशारण हुँदै आएको हास्यव्यँग्य सिरियल ‘डिठ्ठा साप’का निर्माता, निर्देशक, अभिनेता किशोर भण्डारीले चँगाको निर्माण निर्देशन गरेका हुन् ।

उनले यो चलचित्रको लोक शैलीको गीत कम्पनी माला…को भिडियोलाई भिडियो सञ्जाल युट्युबबाट रिलिज गरेका हुन् । जेठ २५ लाई प्रदर्शन मिति तोक्दै पहिलो गीत रिलिज गरिएको उनले बताए ।
राजनराज शिवाकोटीको संगीत र स्वररहेको यो गीतमा शिबाकोटीलाई अञ्जु पन्तले स्वरमा साथ दिएकी छिन् । गीतलाई राजेन्द्र थापाले लेखेका छन् ।

यो गीतको भिडियो  कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । निर्देशक किशोर भण्डारीले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो बनाएको बताए ।
उनका अनुसार यो गीतमा चलचित्रका सबैजसो मुख्य कलाकार छन् । कलाकारहरुको छमछमी नृत्यले भिडियो आकर्षक बनेको छ । बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको चँगामा अभिनय रहेको छ ।

फिल्ममा राजनराजसँगै कमल खत्रीको पनि संगीत छ । जसमा रविन आचार्यको छायाँकन रहेका छन् । चलचित्रका अन्य निर्मातामा अभिनेत्री रेश्मा तिमिल्सिना र प्रकु पाण्डे रहेका छन् ।

 

यस्तो बनेको छ भिडियो –