२०७४ का उत्कृष्ट १० व्यबसायिक नेपाली चलचित्र


व्युटी न्युज नेपाल डेक्स
काठमाडौं, ३ बैशाख

२०७४ सालमा ८४ ओटा नेपाली चलचित्र प्रदर्शनमा आए । ती मध्य एक तिहाई चलचित्र पनि आफ्नो लगानी जोगाउन सफल भएनन् । जस मध्य करिब १५ प्रतिसत चलचित्रले मात्र लगानी सुरक्षित गरेका छन् । बाँकी चलचित्र व्यापारिक रुपमा असफल भएका छन् । एउटा चलचित्रमा ५० लाख सालखाला घाटा हुँदा पनि करिब ६० ओटा फिल्मबाट २०७४ मा नेपाली चलचित्र उधोगलाई ३० करोड घाटा भएको छ । यद्यपि २०७४ मा केही चलचित्रले प्रसँसनीय व्यापार गरेका छन् । २०७४ मा उत्कृष्ट व्यापार गर्ने १० सिनेमाहरु यसप्रकार छन् ः

 

१. छक्का पञ्जा २ ः

यो वर्ष सर्वाधिक व्यापार गर्ने चलचित्र ‘छक्का पञ्जा २’ सावित भयो । दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रले १५ करोड भन्दा माथिको व्यापार ग¥यो । हास्यप्रधान यो चलचित्रमा दीपकराज गिरी, प्रियँका कार्की, शिबहरि पौडेल, स्वरुपपुरुष ढकाल, स्वस्तिमा खड्का, बुद्धि तामाङ सहितको अभिनय थियो ।

२. शत्रु गते ः

व्यबसायिक रुपमा २०७४ को दोस्रो सफल चलचित्र ‘शत्रु गते’ सावित भएको छ । निर्माता किरण केसीका अनुसार यो फिल्मले प्रदर्शनीको तेस्रो सातासम्म १० करोडको व्यापार गरेको छ । अहिले यो फिल्म चौथो साता पनि सफल रुपमा प्रदर्शन भईरहेको छ र यसको व्यापार अझै बढिरहेको छ । चलचित्रबाट १७ वर्षपछि मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्य (मह जोडी) चलचित्र निर्माणमा फर्केका कारण पनि दर्शकले यसलाई रुचाए । दीपाकराज गिरी, प्रियँका कार्की, मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, किरण केसी, शिबहरि पौडेल, रमेश रञ्जन झा आदि अभिनित शत्रु गतेलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

३. कान्छी ः

२०७४ मा व्यापारिक रुपमा तेस्रो स्थानमा रहेको चलचित्र ‘कान्छी’ हो । आकाश अधिकारी निर्देशित कान्छीलाई अभिनेत्री श्वेता खड्काले निर्माण गरेकी हुन् । कुल ९ करोडको व्यापार गरेको यो चलचित्रमा दयाहाङ राई, श्वेता खड्का, बुद्धी तामाङ, अनु शाह, प्रज्वलराज गिरी, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय थियो ।

 

४. कृ ः

२०७४ सालमा चलचित्र ‘कृ’ले व्यासयिक रुपमा आफुलाई चौथो स्थानमा राखेका छ । यो फिल्मले ८ करोड ३० लाखको व्यापार गरेको यसका निर्माता सुवास गिरीको कथन छ । अनमोल केसी, अद्धिती बुढाथोकी, अनुप बिक्रम शाही, रुपा राना, सरोज खनाल लगायतको अभिनय रहेको यो चलचित्रका अर्का निर्माता भुवन केसी हुन् । जसलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

५.प्रेम गीत २ ः

कुल ८ करोडको व्यापार गर्दै चलचित्र ‘प्रेम गीत २’ ले २०५४ सलामा व्यावसायिक रुपमा आफुलाई पाँचौ स्थानमा उभ्याएको छ । रामशरण पठक निर्देशित यो चलचित्रमा प्रदीप कार्की, अश्लेषा शाही ठकुरी, सन्तोष सेन, शिषिर भण्डारी सहितका कलाकारको अभिनय थियो ।

 

६.२ रुपैयाँ ः

व्यासयिक रुपमा चलचित्र ‘२ रुपैयाँ’ २०७४ सालका सिनेमामा छैटौं स्थानमा रहेको छ । असिम शाहले निर्देशन गरेको यो चलचित्रले ७ करोडको व्यापार गरेको थियो । जसमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, स्वस्तिमा खड्का सहितको अभिनय छ ।

 

७. म यस्तो गीत गाउँछु ः

सुदर्शन थापा निर्मित एवम् निर्देशन चलचित्र ‘म यस्तो गीत गाउँछु’ २०७४ सालको व्यापारिक सिनेमामा सातौं स्थानमा रहेको छ । अभिनेत्री पुजा शर्माको निर्माण एवम् अभिनय गरेको यो चलचित्रले ६ करोडको व्यापार गरेको थियो ।

 

८. ए मेरो हजुर २ ः

२०७४ मा रिलिज भएका चलचित्र मध्य प्रेम कथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ व्यबसायिक रुपमा आठौं स्थानमा रहेको छ । अभिनेत्री झरना थापाले निर्देशन गरेको यो चलचित्र कुल ५ करोड ७५ लाखको व्यापार गरेको छ । सुनिल कुमार थापानिर्मित यो चलचित्रमा सलोन बस्नेत, सलिनमान बनियाँ, सामाज्ञी राज्यलक्ष्मी शाह, बुद्धी तामाङसहितको अभिनय छ ।

 

९. मिस्टर झोले ः

चलचित्र ‘मिस्टर झोल’े २०७४ मा रिलिज भएका सिनेमाको व्यापारिक सुचीमा नवौं स्थानमा छ । रामबाबु गुरुङले निर्देशन गरेको यो प्रेम कथामा आधारित चलचित्रले कुल ४ करोड १० लाखको व्यापार गरेको थियो । रौनक बिक्रम कँडेल र टेकेन खड्का निर्मित यो चलचित्रमा दयाहाङ राई, दीया पुन, प्रविण खतिवडा, वर्षा राउत, बिजय बराल सहितको अभिनय छ ।

 

१०. ऐश्वर्य ः

रमेश उप्रेती, केकी अधिकारी, प्रसान्त ताम्राकार, दीपिका प्रसाईंआदि अभिनित चलचित्र ‘ऐश्वर्य’ २०७४ को व्यावसायिक सिनेमाको सुचीमा १० औं स्थानमा छ । रमेश उप्रेती र निर्मल शर्माले निर्माण गरेको यो चलचित्रले कुल ३ करोड ६० लाखको व्यापार गरेको थियो । ऐश्वर्यलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।