बहादुर गोर्खालीको पहिचान दिदै आयो ह्यापी डेजको दोस्रो ट्रेलर


काठमाडौँ, ३ बैशाख

बैशाख १४ गतेबातट प्रदर्शनमा आउँ लागेको चलचित्र ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक बनाइएको छ ।

ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । दोस्रो ट्रेलरमा नयाँ दृश्यहरु पनि थापिएको छ । यसमा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको छ । अभिनेत्री दीया पुन र प्रियंका कार्कीको प्रेममा उनी दिवाना भएका छन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ ।

पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन् । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

 

ट्रेलर :-