कोरियोग्राफर रोजिन शाक्यलाई अन्तर्राष्ट्रिय अवार्ड


काठमाडौं, १ बैशाख

कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य मलेसियामा अन्तर्राष्ट्रिय अवार्ड सम्मानीत भएका छन् । यसै साता मलेसियाको क्वालालम्पुर अवस्थित द प्यालेस अफ गोल्डेन हर्सेस् होटलमा सम्पन्न द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा ‘वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्डबाट सम्मानीत भएका हुन् ।

सम्बन्धीत विधामा रोजिन हासिल गरेको उपलब्धि, पु¥याएको महत्वपूर्ण योगदान र निरन्तरताको उच्च मुल्यांकन गर्दै उल्लेखीत अवार्डबाट रोजिनलाई सम्मानीत गरेको हो । एशिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिक रुपमा अवार्ड आयोजना गर्दै आएको छ ।

 

यो अवार्ड समारोहले विश्वका ट्यालेन्ट भएका, आफ्नो क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरुको योगदान र उपलब्धीको कदर गर्दै यो अवार्ड प्रदान गर्ने गरेको छ ।

नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि भएका नेपाली प्रतिनिधि पात्रहरुको पनि ग्रुमिङ र सफल उपलब्धी पनि हासिल गरेका छन् ।