लम्फुको ट्रेलर रिलिज, फिल्म २८ बैशाखबाट आउने


काठमाडौ, २८ चैत

आगामी २८ बैशाखबाट मुलुकका सिनेमा हलमा प्रदर्शन गरिने चलचित्र ‘लम्फू’को ट्रेलर बिहिबार राजधानीमा एक समारोहबीच रिलिज गरियो ।

ट्रेलरमा अभिनेता कविर खड्का र अभिनेत्री मरिश्का पोखरेलको प्रेमलाई महत्व दिईएको छ । अर्का अभिनेता सलोन बस्नेत केही फरक भूमिकामा देखिएका छन् । चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र हेरेपछि राम्रो लागे ताली नलागे गाली दिन आग्रह गरे ।

अभिनेता सलोनले कार्यक्रममा बोल्दै लम्फुमा आफुले अरु चलचित्रमा भन्दा फरक भूमिकामा अभिनय गरेको छु भने । आफु हास्यप्रधानसँगै केही क्रुरतामा देखिने पनि उनले बताए ।

 

कबिर खड्काले अनुभवी टीमबाट पहिलो चलचित्र गर्न पाएकोमा धेरै कुरा सिेको बताए । ओस्कार फिल्म एकेडेमीबाट अभिनयमा स्नातक गरेका खड्काले यो चलचित्रले आफुलाई नेपाली चलचित्र बृत्तमा चिनाउने विश्वास व्यक्त गरे ।
तरकारीवालीको नामले परिचित कुशुम श्रेष्ठ पनि यो चलचित्रमा छिन् । उनले आफुलाई तरकारीवाली भन्दा गर्व लाग्दै आएको बताउँदै लम्फुमा विशेष भूमिकामा भएको जिकिर गरिन् ।

लम्फूमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

निर्माता शक्तिबल्दब घोरासैनीले आफुले दर्शक भएर ’लम्फू’लाई हेरेको र दर्शकको दृष्टिकोणबाट चलचित्र गुणस्तरिय रहेको बताए ।

उनका अनुसार यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने लम्फुमा देखाउन खोजिएको बताए ।

चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।

ट्रेलर: