काठमाडौं, २८ चैत

२३ औं मिस नेपालको उपाधि हेटौंडाकी २२ वर्षीया सृँखला खतिवडाले जितेकी छिन् । उनले उपाधि सहित १ लाख रुपैयाँ र मिस वल्र्ड २०१८ जाने अबसर जितिन् । नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउने बारे सोधिएको अन्तिम प्रश्नमा भ्रष्टाचार रोक्ने आबाज सहितको ससक्त जवाफ दिएर यी आर्किटेक्टर इन्जिनियर नयाँ मिस नेपाल वल्र्ड भएकी हुन् ।

 

बुधबार राती काठमाडौंमा हिडन ट्रेलरले आयोजना गरेको सो प्रतियोगितामा सिम नेपाल युनिभर्सको उपाधि गोरखाकी मनिता देवकोटाले जितन् । उनले अब मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यस्तै मिस अर्थको उपाधि काठमाडौंकी प्रिया सिग्देलले हाँसिल गरिन् । उनले मिस अर्थ–२०१८ मा नेपालबाट प्रतिनिधित्व गर्नेछिन् । नारी शिक्षाका लागि काम गर्दै आएको गैर सरकारी संस्था ‘सि इज द फस्ट’ र ‘डेज फर गर्ल’ मा रहेर सामाजिक योगदान पु¥याएकी प्रियाले व्युटि वीथ पर्पोजको उपाधि पनि जितिन् ।

मिस नेपाल इन्टरनेशनल २०१८ काठमाडौंकी रोनाली अमात्य भईन् । रोनालीले अब नेपालको प्रतिनिधित्व गर्दै मिस इन्टरनेशनलमा भाग लिने छिन् ।

हेर्नुस् भिडियोमा मिस नेपालको क्राउन सेरेमोनी –

२३ औं मिस नेपाल वल्र्डको मुख्य निर्णायकमा नेपाल प्राकृतिक संरक्षण कोषका सदस्य सचिब गोबिन्द गजुरेल थिए । निर्णायकमा चलचित्र विकाश बोर्डका अध्यक्ष निकिता पौडेल, विवेकशिल साझा पार्टीका नेपालका नेता एबम् पत्रकार रबिन्द्र मिश्र, उधोगी श्रीहर जँबहादुर राणा, अभिनेत्री अशिष्मा नकर्मी, तेक्वान्दो खेलाडी दिपक बिष्ट, एशियन क्रिकेट काउन्सिलकी नेपाल संयोजक भावना घिमिरे, बिमान चालक सुनिल शाक्य, पूर्व मिस नेपाल इभाना मानन्धर, होटल अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाह, नेपाली चुलोकी कार्यकारी निर्देशक प्रतिष्ठा अमात्य बिष्ट थिए ।

 

यो प्रतियोगितामा २५ प्रतिस्पर्धी सहभागी थिए । यस्तै पो प्रतियोगितामा अन्य १२ ओटा उपाधि थिए । ती उपाधि यस प्रकार छन् ः
ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिपः साइरा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

 

अँध्यारोमा लगाईयो क्राउन

कार्यक्रममा नवोदित मिस नेपाल सृँखलाले अँध्यारोमा क्राउन लगाउनु प¥यो । काठमाडौं पाँचतारे होटल अन्नपूर्णमा भएको मिस नेपाल चयनको अन्तिम प्रतिस्पर्धामा पटक पटक बत्ति गएको थियो । जब मिस नेपाल वल्र्ड–२०१८ को घोषणासँगै मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दकले सृँखलालाई क्राउन लगाईन । त्यो बेला बत्ति गयो । अँध्यारोमै उनले क्राउन लगाई दिईन् । क्राउन लगाउन अँध्यारोले रोकेन ।