अम्बिकाको भिडियोमा सारा र निराजनको यस्तो मायाँ


 

काठमाडौं, २८ चैत,

गीतकार अम्बिका गुरुङले आफ्नो नयाँ गीतको भिडियोमा अभिनेत्री सारा सिरपाली र अभिनेता निराजन प्रधानको प्रेमलाई दर्शाएकी छिन् । उनले आफ्नो नयाँ गीत माया लगाइ…को भिडियोमा यी दुई कलाकारको प्रेम दर्शएकी हुन् । यो भिडियोलाई गीतकार अम्बिका गुरुङले भावसागर इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएकी छिन्।

 

शंकर थापा स्माइलको स्वर र संगीत रहेको यो गीतमा गायन मिठास छ । यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

भिडियोमा अभिनेत्री सारा शिरपाली र अभिनेता निराजन प्रधानले अभिनय राम्रो बनेको छ । उत्सव दाहालको छायांकन रहेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।