स्कटल्याण्डमा ९ डिग्री सेल्लियसमा एकसरो कपडामा लिलीबिलीको छायाँकन गरेका थियौ: प्रदिप


काठमाडौं, २८ चैत

३० चैतबाट दर्शकमाझ आउने चलचित्र ‘लिली बिली’ प्रदर्शनी नजिकिँदै गर्दा यसमा काम गर्दाका पीडालाई सम्बन्धित कलाकारले स्मरण गरेका छन् । यसका अभिनेता प्रदीप खड्काले सोमबार राजधानीमा सञ्चाकर्मीसँग कुरा गर्दै स्कटल्याण्डमा माईनस ९ डिग्री सेल्लियसमा एक सरो कपडामा लिली बिलीको छायाँकन गर्दा चिसोले कक्रिएर बेहोस हुने अबस्था आएको बताए । अभिनेत्री जसिता गुरुङ तीन पटकसम्म चिसोकै कारण बेहोस भएको र आफु पनि एक पटक बेहोसको अबस्थामा पुगेको बताए ।

बिगतका चलचित्रमा जस्तै आफु लिली बिलीमा पनि चकलेटी नायकको भूमिकामा रहेको बारे प्रकाश पार्दै उनले भने,‘बजारमा मानौ ममको स्वाद दर्शकलाई मन परिरहेको बेला अरुकुरा मिठो नलाग्न सक्छ । यस्तै मलाई दर्शकले चकलेटी प्रेमीको भूमिकामा मन पराईरहेको बेला अरु भूमिकामा स्विकार्न कतै गाह्रो हुने हो की भनेर मैले यसमा पनि बिगतका सिनेमाको जस्तै भूमिका निर्वाह गरेको हुँ ।’

तथापि आफुलाई प्रेम गीतबाट नेपाली सिनेबृत्तमा डेब्यु भएको भन्ने छाप परिरहेको बेला लिली बिलीले त्यो छाप मेटेर आफुलाई चलचित्रमा फेरी एक पटक यसले पनि डेब्यु गराउने प्रदीपको कथन थियो । चलचित्र लिली बिली हिट हुने विश्वास व्यक्त गर्दै आफुले बजारमा पारिश्रमिक माग्ने भन्दा पनि निर्माताहरुले पारिश्रमिकको अफ्फर लिएर आउने भएकोले सोही आफ्फरमा काम गर्दै आएको उनले बताए,‘मैले यती पैसा र उती पैसा चाहियो भनेर माग गरेको छैन । मलाई स्क्रिप्ट मन परेको खण्डमा टिम राम्रो भयो भने म काम गर्छु ।’ चलचित्र लिली बिलीमा पनि निर्माण पक्षले प्रस्ताव गरेको पारिश्रमिकको आधारमा आफुले काम गरेको उनले बताए ।

 

बिदेशमा छायाँकन गरिएको लिली बिलीमा त्यहाँको सुन्दर दृष्यसँगै अभिनेत्री जसिता गुरुङ र प्रियँका कार्कीसँग आफुले पनि राम्रो काम गरेको अभिनेता प्रदीप खड्काको भनाई थियो । प्राय नयाँ अभिनेत्रीसँग काम गरेका प्रदीपले कहिल्यै पनि आफुले यो नायिका चाहिन्छ भनेर निर्मातासँग माग नगरेको जिकिर गरे । चलचित्र लिली बिलीमा पनि नव नायिका जसिता गुरुङ र आफुभन्दा अग्रज नायिका प्रियँका कार्कीसँग निर्माण पक्षको चाहना अनुसार नै काम गरेको हुँ भने,‘जसितासँग काम गर्दा मैले उनलाई कतीपय अनुभव सुनाउँदै सिकाउन सहयो गरें । प्रियँका कार्कीसँग मैले नै धेरै कुरा सिक्ने अबसर पनि पाएँ ।’ दुबै जनासँग आफ्नो जोडी पनि जमेको उनले बताए ।

 

 

नवोदिन अभिनेत्री जसिता गुरुङले एउटा नृत्य प्रतियोगितामा उत्कृष्ट भएपछि निर्देशक मिलन चाम्सको आफ्फरमा आफुले लिली बिलीमा अभिनय गरेको बताईन् । सबैसँग आफुले सिक्ने अबसर पाएको र सक्दो राम्रो कामको प्रयास गरेको बताईन् । सिनेमा हेर्दा जति सजिलो र रमाईलो हुन्छ, यसमा काम गर्दा त्यो भन्दा धेरै गाह्रो हुने उनको कथन थियो । त्यसैले अब अभिनयसम्बन्धि थप प्रशिक्षण लिने पनि उनले बताईन् । आफुलाई अभिनेता प्रदीप खड्काले लिली बिलीको छायाँकनमा धेरै नै सहयोग गरेको उनको भनाई थियो ।

यो चलचित्र निर्माणमा तीन करोडको बजेट लागेको चर्चा भए पनि निर्माता गोबिन्द शाही र सृदली खड्काले बजेटको बारेमा खुलाउन चाहेनन् । यतीको फिल्म बनाउन बलिउडका निर्माताले २० करोड खर्च गर्ने भएकाले लिली बिली हेरेर यसको बजेटबारे अनुभान गर्ने जिम्मा उनीहरुले दर्शकलाई दिए । बिदेशमा नेपाललाई चिनाउन र नेपाली चलचित्रको दृष्यमा केही परिवर्तन ल्याउन आफुहरुले लिली बिली बिदेशमा छायाँकन गरिएको यी निर्माताद्धयले बताए ।

 


यसका अर्का निर्माता एबम् निर्देशक मिलन चाम्सले नेपाली चलचित्र अन्तराष्ट्रिय स्तरको बनाउन यस पटक लिली बिलीलाई बेलायत, स्कटल्याण्ड र टर्कीमा छायाँकन गरिएको प्रकाश पारे । अब नेपाली चलचित्र पनि अन्तराष्ट्रिय स्तरको बन्न थालेको प्रतिक्रिया लिली बिली हेरेपछि दर्शकले दिने बिश्वास यी निर्देशकले व्यक्त गरे । लिली बिली महँगो सिनेमा भए पनि यसले मुनाफा कमाउने विश्वास उनले व्यक्त गरे ।