काठमाडौ, २६ चैत्र

द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी रिहा भएका छन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धामा थुन्ुवा रहेका खड्गी धरौटीमा रिहा भएका हुन् ।
उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त हुन सफल भए । उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर अनुसन्धानका लागि आदेश दिएको थियो ।

जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर) निवेदन दर्ता गराएका थिए । सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो ।

 

एउटा वृत्तचित्र निर्माण गर्ने र त्यसका लागि सांस्कृतिक कार्यक्रम गर्ने भन्दै दक्षिण कोरियामा लगेर १२ जना नेपालीलाई छाडेको आरोप खड्गीमाथि लागेको थियो । ती व्यक्तिसँग उनले मोटो रकम लिएको आरोपमा समेत उनी माथी छ । खड्गीले आफ्नो मुलुकमा मानिस छाडेर आएको भन्दै उनीविरुद्ध काठमाडौंस्थित दक्षिण कोरियाली राजदुतावासले उजुरी दिएपछि केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।