छायाँछवि काव्य श्रृंखलामा गुन्जिए कवि यात्री र अमृता


काठमाडौं, २४ चैत

काठमाडैं । छायाँछवि क्रियशनको आयोजनामा शनिबार काठमाडौंको बागबजार स्थित सिटिम्याक्समा आयोजित छायाँछवि काव्य श्रृंखलाको छैठौं कार्यक्रममा दुई कविले आफ्ना कविता र गजल सुनाएका छन् ।

धादिङका कजलकार यात्री प्रकाश पाण्डे तथा धादिङकी कवि अमृता स्मृतिले कार्यक्रममा आफ्ना सृजना सुनाए । गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरे । कवयित्री अमृता स्मृतिले कविताहरु सुनाईन् ।

 

छायाँछवि काव्य श्रृंखलाका अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियले कार्यक्रमको सुत्रधारका रुपमा प्रस्तुत हूँदै कार्यक्रमको प्रमुख उद्देश्यमाथी प्रकाश पारे । शान्तिप्रियले आफ्नो मूल उद्देश्य साहित्यीक क्रियाशिलताका माध्यमबाट केही न केही साहित्यिक रुपमा बिकाश गर्नु नै बताए ।

कार्यक्रम संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत मन्तब्य राखेकी थिइन् । रोदनले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप छायाँछवि काव्य श्रृंखला आयोजना गरिदै आएको बताइन् ।

 

कार्यक्रममा वाचन गरिएका श्रष्टाका श्रृजनामाथी विशेष अतिथी नवराज लम्सालले समिक्षा गरेका थिए । साथै कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको टिप्पणी गरेका थिए ।

कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री शोभिता सिंखडाले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरिन् । साथै सिंखडाले आफूले पनि उपन्यास वराङ्गना लिएर आउन लागेको बताइन् ।