प्रविशा अधिकारीको आयो पखेटा ( भिडियोसहित )


काठमाडौँ,२३ चैत ।

शुक्रबार मनिष बशिष्टको शब्द रहेको ’पखेटा’ बोलको गीतमा सार्बजनिक गरिएको छ । जसमा राजेन्द्र सुवेदीको संगीत, प्रविशा अधिकारी र बिष्णु आचार्यले स्वर, निकेश खड्काको निर्देशन रहेको छ ।

निर्देशन खड्काले गीतमा स्याडो एक्ट देखाइएको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको योगीत वान सटमै छायाँकन गरिएको हो । यस किसमको भिडियो नेपालमा भने विरलै बन्ने गर्छन । गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् ।

गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन् । यसमा सुबोल थापा , राजु नेपाली , अनन्त राई , रिना खत्री , सरिना सुनुवार , अनिमा लामाको अभिनय रहेको छ । यसमा मेकअप सविना लामाको रहेको छ भने यसलाई वान सटमै उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।