पाँच दर्जन हलमा तिमी सँग, धमाधम हाउसफुल


काठमाडौं, २३ चैत
शुक्रबारबाट देशभरका पाँच दर्जनभन्दा बढी सिनेमा हलहरुमा प्रदेशनमा आएको छ । शुक्रबार गोपीकृष्ण,अस्तनारायण लगायतका हलमा हाउश्फ़ुल भएका छन् ।

यसअघि रिलिज भएको चलचित्र शत्रु गतेले दुई सातादेखि राम्रो व्यापार गर्दै आएको र बलिउड फिल्म बागी–२ ले पनि दोस्रो साता राम्रै व्यापार गरेका कारण तिमीसँगले पाँच दर्जन मात्र हल पाएको हो । २३ चैतबाटै देशव्यापी प्रदर्शनमा आउने भनिएको अर्को चलचित्र ‘हिरोज्’ थोरै हल पाउने भएपछि वैशाखका लागि सरेको छ ।

निकै थोरै हल पाउने भएपछि आफूहरूले चलचित्र हिरोजलाई वैशाखको पहिलो साताका लागि सारेको यसका निर्माता एवं अभिनेत्री पूर्णिमा लामाले बताएकी छन् ।

चलचित्र तिमीसँगमा निर्देशक शिशिर राणासहित साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका छ । यो चलचित्रको बुधबार बेलुका काठमाडौंको कुमारी हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा तिमीसँगले दर्शक, सिनेकर्मी र सञ्चारकर्मीले राम्रो प्रतिक्रिया पाएको छ ।

यसका कथाकारसमेत रहेका निर्देशक शिशिर राणाले तिमीसँग हास्य प्रधान चलचित्र भएको बताएका छन् । उनले आफ्नो सिनेमा यात्रा जनरामा निर्माण गरिएको र यसले दर्शकलाई मनोरञ्जनसँगै पूर्ण हँसाउने बताएका छन् ।

भिडियो: