हेयर स्टाईमा मुमताज, शर्मिला टाईगरलाई फलो गर्छु – कुमुद छतकुली भट्ट


काठमाडौं , २३ चैत

कुमुद छतकुली भट्ट शिक्षा सेवामा देखि परिचित नाम हो । उनी बिगत दुई दशक देखि शिक्षा क्षेत्रमा छिन् । गीत, संगीत, फेशनप्रति साह्रै रुची राख्ने कुमुदले काठमाडौंको सानो भर्याङ्मा सन २०१३ देखि ‘हाईड एन्ड सिक किन्डर गार्डेन एन्ड टिचर्स ट्रेनिङ सेन्टर’ सञ्चन गर्दै आएकी छिन् । हाईड एन्ड किन्डर गर्डेनकी संस्थापक प्रिन्सपल कुमुदले यही किन्डर गार्डेनको साखालाई किर्तिपुरको ट्याङ्लाफाँटमा पनि केही सयम यताबाट सञ्चालन गर्दै आएकी छिन् । काठमाडौंको किर्तिपुर निवासी उनले मुलुकका विभिन्न ठाउँमा मन्टेश्वरीकालागि टिचर्सको प्रशिक्षण दिदैं आएकी छिन् । अहिलेसम्म आफ्नो किन्डर गार्डेनबाट दुई सय जना भन्दा बढी शिक्षकलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएकी उनी विभिन्न विधालयमा कार्यरत छिन् । शिक्षण संस्थासँग आबद्व भएपनि कुमुद सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छिन् । उनले अनाथ बालबालिकाहरुलाई आफ्नै खर्चमा विभिन्न स्कुलमा पढाउँदै आएकी छिन् । शैक्षिक क्षेत्रमा आफुलाई एउटा सफल शिक्षा सेवीको रुपमा कुमुदले परिचय बनाई सकेकी छिन् । प्रिन्सिपल एशोसिएसनसँग समेत आबद्ध रहेर प्रिन्सिपलहरुको हक हितका लागि विभिन्न काम गर्दै आएकी कुमुदसँग यस पटक हामीले व्युटी न्युज नेपालका लागि सृँगार र विविध विषयमा सेलिब्रेटी टक अन्तर्गत कुराकानी गरेका छौं ।

 

कुमुद जी, आफ्नो सौन्दर्य प्रति कत्तिको ध्यान पुर्याउनु हुन्छ ?
शिक्षा सेवमा बढी समय दिनु परेकाले मसँग सौन्दर्यका लागि दिने खासै समय त हुँदैन । तथापि विभिन्न सभा समारोह, कार्यक्रममा जानु पर्ने हुन्छ । यस्तो अबस्थामा सौन्दर्यमा विशेष ध्यान दिने गर्छु । विशेष गरेर ड्रेसअप, मेकअप र हेयर स्टाईलमा बढी चासो राख्ने गर्दछु ।

मेकअप प्राय आफैं गर्नु हुन्छ की पार्लर जानु हुन्छ ?
साधारण तया आफैं गर्छु । तर विभिन्न विवाह समारोह, पारिवारिक भेटघाट, पार्टी, विधालयको ठुलो कार्यक्रम एबम् वार्षिक उत्सबलगायतका लागि पार्लरमा गएर मेकअप सहित सौन्दर्यको तयारी गर्छु ।

 

मेकअप कुन कम्पनीको प्रयोग गर्नु हुन्छ ?
मेकअप सामग्री अन्तर्गत मेरो रोजाईको लिपस्टिकमा म्याक हो । यस्तै लोसन र पफ्र्युममा मैले भिक्टोरिया सेक्रेटको प्रयोग गर्दै आएकी छु । मैले आफ्नो लागि मेकअपको सामग्री स्यानल ब्राण्डको प्रयोग गर्दै आएकी छु । गाजल, मस्करा, आईस्याडो जस्ता आई मेकअप सामग्री पनि स्यानलकै प्रयोग गर्छु ।

 

यहाँलाई प्राय कस्तो हेयर स्टाईल मन पर्छ ?
मलाई प्राय सन १९७० दशकको हेयर स्टाईल मन पर्छ । त्यत्तिबेलाकी बलिउड अभिनेत्री मुमताज, शर्मिला टाईगरहरुको जस्तो हेयर स्टाईल मन पर्ने भएकाले उनीहरुको जस्तै स्टाईललाई फलोअप गर्छु । जस्तै उनीहरुले बनाउने हाफ जुरो, हल्का वेभी गरेर फुलहरु राखेर पहिरन अनुसार मिलाएर हेयर स्टाईल बनाउने स्टाईललाई एपेप्ट गर्दै साही अनुसारको हेयर स्टाईल बनाउँछु ।

मुहारको छालाको सुन्दरताको लागि फेसिलय कत्तिको गर्नु हुन्छ ?
हरेक दुई हप्तामा म मुहारको फेसियल गर्छु । मुलत थकानलाई घटाउँदै मुहारको मान्सपेसीको स्याहारको लागि फेसियल गर्दै आएकी छु । प्राय म पर्ल फेसियल नै गर्छु । मुहारमा भएको सन बर्नलाई घटाउँदै यसले चमक ल्याउने भएकाले पनि म पर्ल फेसियल नै गर्न मन पराउँछु ।

मुहार तथा शरीरको छालाको स्याहारका लागि अरु के के गर्नु हुन्छ ।
कपालको स्याहारको लागि हप्तामा दुई पटक हेयर मसाज गर्दै आएकी छु । यस्तै महिनामा एक पटक पेडी केयर र मेनिकेयर पनि गर्दै आएकी छु । प्राय लोरियलको सेटमा नाईट क्रिम लगाउँछु । दिउँसो छालाको सुरक्षाका लागि लोट्सको सन ब्लक क्रिमलाई मैले प्रयोग गर्दै आएकी छु । यस्तै बेबी क्रिम, फाउन्डेन, मोस्चराईजरको पनि प्रयोग गर्दै आएकी छु ।यस्तै शरीरको छालाको स्याहारको लागि भिक्टोरिया सेक्रेटको बडी लोसनहरु प्रयोग गर्दै आएकी छु ।

 


नेल आर्टमा कत्तिको सौख छ ?
मलाई नेल आर्ट साह्रै मन पर्छ । तर स्कुलमा काम गर्ने एकजना जिम्मेवार प्रिन्सिपल भएकाले मेरो नेल लामो हुँदैन । प्राय छोटै बनाउँछु । म नङमा प्राय लाईट कलरको पलिसहरु प्रयोग गर्छु । लाईट कलरमा पनि ह्वाईट, ग्रे, बेबी पिँक, सफ्ट ग्रिन जस्ता पलिसहरु प्रयोग गर्दै आएकी छु ।

 


यहाँलाई पर्ने सृँगार कुन हो ?
मलाई आई मेकअप बढी मन पर्छ । प्राय दैनिक जीवनमा आँखालाई बढी मेकअप गर्न मन लाग्छ । फलस्वरुप गाजल, मस्करा, हलुका सिमर स्याडोहरु आँखाको सृँगारमा बढी प्रयोग गर्छु । बढ्दो उमेर तथा कामको व्यस्तताले पनि थकान आँखामा बढी देखिने गर्दछ । त्यो थकान नहोस र आफुलाई ताजा देखाउन पनि आँखाको मेकअपमा बढी ध्यान दिन्छु ।

 

तस्बिर ः व्युटी न्युज नेपाल