सलमानलाई ५ वर्ष जेल सजाय घोषणासँगै लगियो जेल


मुम्बई,एजेन्सी, २२ चैत

कालो हरिण शिकार प्रकरणमा बिगत २० वर्ष देखि मुद्धा खेपिरहेका अभिनेता सलमान खानलाई जोधपुर कोर्टले दोषी ठहर गर्दै अन्तत ः ५ वर्षको लागि जय सजाय तोकेको छ ।

 

यो प्रकरणका आरोपी कलाकारहरु सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु, र निलमलाई अदालतले मुक्ति दिएको छ । सन १९९८ मा जोधपुरमा फिल्म हम साथ साथ हैको छायाँकनको क्रलममा शिकार खेलेका सलमान र बाँकी कलाकारलाई कालो हरिणको शिकार गरेको किटनी जाहेरी त्यहाँको प्रसासनले गरेपछि यी कलाकार २० वर्षदेखि मुद्धामा थिए ।

 

आज दिउँसो जोधपुर कोर्टले सलमानलाई ५ वर्षको जेल तेकेपछि उनी अदालतमै रोएका थिए । बिहिबार अपरान्ह देखि सलमानलाई पूर्ण सुरक्षाबीच जैलमा राख्ने तयारीमा प्रहरी प्रसासन जुटेको रहेको छ । बिहिबार सलमानलाई जाधपुर सेन्ट्रल जेल पु¥याएर कैद सम्बन्धि विभिन्न प्रकृया हुँदैछ ।