गायिका सिर्जना कार्की आफ्नै संगीतमा यस्तो सुनिइन्


काठमाडौं, २१ चैत

गायिका सिर्जना कार्कीको आफ्नो नयाँ पपगीत दर्शक÷स्रोतामाझ ल्याएकी छिन् । उनले आफ्नो नयाँ पप गीत माया… को म्युजिक भिडियोलाई भिडियो सञ्चाल युट्युव मार्फत सार्वजनिक गरेकी हुन् । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमा पनि कर्णप्रिय नै सुनिएकी छिन् । उनले यो गीत मार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

हर्कुलस बस्नेतको संगीत संयोजन रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । रामकुमार केसीले भिडियोलाई छायांकन गरेका छन् ।

यस्तो बनेको छ भिडियो –

गीतका शब्दहरु पनि उनैले रचना गरेकी छिन् । पछिल्लो समय आफूले गाउने अधिकांश गीतमा आफैं संगीत सिर्जना गर्न थालेकी गायिका कार्कीले माया गीतमा पनि आफैंले संगीत भरेकी छिन् । रचनामा उनलाई उनकै भाइ अर्पण कार्कीले सहयोग गरेका छन् । यो गीतमा उनले प्रेमीको मायामा आफू हराएको कुरा गरेकी छिन् ।