जापानमा लिली बिलीको रेक कार्पेट, दर्शकले गरे प्रसँसा


काठमाडौं, २० चैत

नयाँ वर्षको अबसर पारेर ३० चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लिलिबिली’को जापानमा रेड कार्पेट प्रिमियर गरिएको छ । जापानको टोकियो स्थित नकानो जिरो हलमा पहिलो बिदेश रेड कार्पेट प्रिमियर गरिएको हो ।

डेस्टिनी क्रियसन जापानले त्यहाँ लिली बिलीको प्रिमियर शो आयोजना गरेको हो ।नेपालमा फिल्मको रिलिजको तयारी भईरहेको बेला यो चलचित्रले जापानमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

यसका निर्माता गोविन्द शाहीका अनुसार रेड कार्पेट प्रिमियरमा दर्शकको घुँईचो रह्यो । जापनामा रहेका नेपाली दर्शकहरुको अभिनेता प्रदीप खड्का प्रतिको क्रेज देखेर आफु निकै खुसी भएको गोबिन्दले बताए ।

 

सिनेमा हेरे पश्चात दर्शकले लिली बिली राम्रो चलचित्र बनेको प्रतिक्रिया जानकारी दिँदै निर्माता शाहीले भने, ‘सबैले राम्रो सिनेमा हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने चाहना उहाँहरुले व्यक्त गर्दा खुसी लागेको छ ।’

प्रिमियर शोमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही नेपालबाट सहभागी भएका थिए । यो चलचित्रको प्रिमयर सकेर प्रदीप, जसिता र गोबिन्द काठमाडौं फर्कँदैछन् ।

चलचित्र लिली बिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । लिली बिलीमा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

यो चलचित्रलाई गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सले सँयुक्त लगानीमा निर्माण गरेका हुन् । यो चलचित्रको छायाँकन नेपाल सहित स्कटल्याण्ड, टर्कीको रमणीय स्थलमा गरिएको छ ।