संगै आए ‘हिरोज्’ को पप्पी देउन… र मिहीनेत आफै गर…


 

काठमाडौं, १९ चैत्र

 

यही २३ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘हिरोज्’को दुई गीत निर्मात्री पूर्णीमा लामाले एकसाथ दर्शकमाझ ल्याएकी छिन् ।

यी अभिनेत्री एवम् निर्माताले प्रदर्शनको मिति नजिकीदै एकैचोटी दुई गीत सार्वजनीक गरेकी हुन् । हिरोज्को सार्वजनीक गरिएका दुई गीत पप्पी देउन… र मेहनत आफै गर…को भिडियोलाई भिडियो सञ्जाल युट्युवबाट दर्शकमाझ ल्याईएको हो । यो गीतलाई अब फिल्म रिलिजस“गै दर्शकले शुक्रबारबाट हलमा पनि हेर्नेछन् ।

बुढा सुब्बा डिजिटलको युट्युवमार्फत यी गीतको भिडियो सार्वजनीक गरिएको हो । जस मध्य पप्पी देउन…लाई प्राश्ना शाक्य र टंक बुढाथोकीले गाएका छन् । टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । सो गीतमा पूर्णीमा लामा र संजोग राणाको नृत्य रहेको छ ।

 

हिरोजको नायिका बन्न गएकी पूर्णिमा कसरी ८० लाख खर्च गरेर त्यो फिल्मको निर्माता नै पर्यो ? हेर्नुस् उनको कथा व्याथा –

यस्तै कविराजले नै कोरियोग्राफी गरेको मेहनत आफै गरे… बोलको गीतमा बिकास चौधरीले संगीत भरेका छन् । यो गीत संजोग राणाले लेखेका हुन् । जसमा राजेश पायल राई, जुनु रिजाल,रन्जीत शाहनी र डेबिट शंकरको स्वर छ । यो गीतमा करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापतिले अभिनय गरेका छन् ।

यस्तो छ भिडियो –

 

लक्ष्मी लामाको प्रस्तुत रहेको फिल्म २३ चैतबाट झण्डै पाँच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्मात्री एवम् अभिनेत्री पूर्णीमाले जानकारी गराएकी छिन् । पूर्णिमाले आफ्नो चलचित्रमा सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन,बेरोगजारीलगायत तथा राजनीतिक अस्थितिरतालगायतको बिषय प्रस्तुत गरिएको बताएकी छिन् । हिरोज्मा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतको अभिनय गरेका छ ।

 

यस्तो छ भिडियो –