चञ्चले नानीले भन्दै शिल्पासँग विल्सनको प्रेम


काठमाडौं, १७ चैत

‘तक्मे बुढा’का रुपमा परिचत विल्सन बिक्रम राईले एउटा भिडियोमा अभिनेत्री शिल्पा पोखरेलसँग प्रेम गरेका छन् । गायक अमर राईको स्वरमा सजिएको चञ्चले नानीले… गीतको भिडियोमा विल्सनले शिल्पासँग प्रेम गरेका हुन् ।

भिडियो सञ्जाल युट्युवबाट सार्वजनिक यो भिडियोको गीतमा मणिपाल राईको शब्द र संगीत छ । भिडियोमा कथा अनुसार विल्सनले शिल्पालाई मन पराउछन । यी दुईको प्रेमभावमा भिडियो कथा अघि बढ्छ र एउटा कथामै सकिन्छ । संभवत यो जोडी पहिलो पटकसँगै प्रेमी प्रेमिकाको रुपमा देखिएको हुनुपर्छ ।

 

हेर्नुस भिडियो –

https://youtu.be/hzlVwGpMivA

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियो बारे निकेशले भने,‘ विल्सन गाउले युवा छन् भने शिल्पा गाउको खाजा घरको साहुनी हुन्छिन । यी दुईको प्रेम भाव र त्यसको रमाइलो पललाई नै मैले भिडियोमा प्रस्तुत गरेको छु ।’

गीतमा उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् ।

भिडियोबारे गायक अमर राईले भने,‘गीतमा चञ्चले नानीको सुन्दरताको बयान गरिएको छ । गाउँको प्रेमिल टिपिकल शब्द प्रयोग गरिएको छ र भिडियोमा विल्सन र शिल्पा निकै राम्रो देखिनु भएको छ ।’